धनगढीमा दुई लाख ५० हजार घुस रकम सहित एकजना इन्जिनीयर रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले दुई लाख ५० हजार घुस रकम सहित धनगढीको शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाईका इन्जिनीयर त्रिलोक जोशीलाई पक्राउ गरेको हो।
जोशीले टेबुलमुनी लुकाएको अवस्थामा उक्त रकम सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। तर उनको कुन प्रयोजनका लागि घुस लिएको हो भन्ने कुरा नखुलेको बताईएको छ। जोशीलाई अख्तियारको कार्यालय महेन्द्रनगर लगिएको छ।