कञ्चनपुरमा मोटरसाइकल ओभरटेक गरेको निहुँमा एक युवकको हत्यामा संग्लन रहेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ३ चाँदनीका २२ वर्षिय दिपक पन्तको हत्यामा संग्लन रहेको भन्दै ४ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको हो।
भीमदत्त नगरपालिका वडा नम्वर ४ का २० बर्षीय मनिष नाथ, वडा नम्वर १५ का २२ बर्षीय गणेश लुहार, सोही ठाउँका २० बर्षीय नविन सिंह र २२ बर्षीय विनोद बोहरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्र वहादुर चन्दका अनुसार उनीहरुले पन्तलाई हेल्मेट र चक्कु प्रहार गरी गम्भिर घाईते बनाएका थिए।
गम्भिर घाईते पन्तलाई उपचारका लागि भारत लैजादै गर्दा बाटामै मृत्यु भएको उनले बताए। चारै जना विरुद्ध कर्तव्य ज्यानमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको उनले बताए। उनीहरुको साथबाट प्रहरीले चक्कु, से १ प ३७ ७८ नम्वरको एक थान मोटरसाईकल र म ३ प १०७० नम्वरको उक थान स्कुटर पनि बरामद गरेको छ।
के हो घटना
कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ३ का २२ वर्षिय दिपक पन्त, बुवा बिसनसंगै मोटरसाईकलमा महेन्द्रनगर आईरहेका थिए। महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा पुग्नासाथ उनको अगाडीपट्टी र पछाडीपट्टी गरी ५र६ जना युवाहरु मोटरसाईकल र स्कुटीमा सवार थिए।
पन्तले ओभरटेक गर्न खोज्दा ५र६ जनाको समूहमा रहेका युवाहरुले पन्तलाई रोक्दै कुटपिट गर्न सुरु गरे। सोही समूहमा रहेका एक जनाले चक्कु प्रहार गरे र उनी गम्भिर घाईते भए। छोरामाथि निर्घात कुटपिट र चक्कु प्रहार हुँदा बुवा बिसन भने बिवस थिए।
उनले रोक्न हजार प्रयास गरे तर युवाहरुको समूहले उनीमाथि कुटपिट जारी राख्यो। कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालले उपचार सम्भव नभएपछि भारत रेफर ग¥यो तर उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।
घटना भएको क्षेत्र सुनसान होईन। त्यहा धेरै घर छन्। यात्रुको आवतजावत पनि भएकै हुन्छ।
‘घटनामा संग्लन युवाहरू लागूऔषध प्रयोगकर्ता हुन्,’ प्रहरी नायव उपरिक्षक नरेन्द्र वहादुर चन्दले भने, ‘उनीहरू विभिन्न चोरीका घटनामा समेत संलग्न रहँदै आएका थिए। तीमध्ये केही यसअघिसमेत विभिन्न घटनामा पक्राउ परेर छुटेका व्यक्ति हुन्।’
