कञ्चनपुरमा सामुहिक कुटपिट गरेर बिहीबार एक युवकको हत्या भएको छ । महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको हो ।
बुबा विशन पन्तसँग मोटरसाइकलमा महेन्द्रनगर गएका उनलाई ओभरटेक गरेको आरोपमा केही युवाले कुटेका थिए । महेन्द्रनगर–मझागाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा केही युवकले ओभरटेक गरेको निहुँमा रोकेर कुटपिट गरेका थिए ।
स्कुटर र मोटरसाइकलमा सवार ५र६ जनाको समुहले ओभरटेक किन गरेको भन्दै छोरालाई निर्घात कुटपिट गरेको विशनले बताए । कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए । शंस्कापद तीन जना र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।