धनगढी, १० मसिंर । कैलालीको धनगढी उपहानगरपालिकाको चटकपुरबाट काठ ओसार्दै गरेका २ ट्रेक्टर सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लीएको छ । कन्चनपुरको राजघाटबाट धनगढी ल्याउदै गरेको काठ सहित उनिहरुलाई नियन्त्रणमा लीएको हो ।
अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्र चन्द नेतृत्वको टोलीले मध्यराति धनगढी भित्राउदै गरेको अस्थामा काठ सहित उनिहरुलाई नियन्त्रमा लीएको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने कमल चौधरी र पुनरवास नगरपालीका वडा नम्बर ११ बस्ने आईतेबारी चौधरी रहेका छन ।
कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा सीता सामुदायीक वन उपभोक्ता समितिबाट काठ धनगढी ल्याउदै गर्दा कामललाई से १ त २४३५ र आईतेबारी चौधरीलाई से १ त ३९३६ नम्बरको ट्रेक्टर सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखीएको प्रहरी सहयाक निरीक्षक चन्दले जनाकारी दीए ।
