निमेन्द्र शाही
बाजुरा, १० मंसिर । बाजुरा सदरमुकाम मार्तडीदेखि कम्तीमा दुई दिनको दुरीमा पर्ने जगन्नाथ गाउँ पालिका–५ गोत्री की ३५ बर्षिया पुल्ती रावलको साल नझरेका कारण गएराति मृत्यु भएको छ।
घरमै सुत्केरी भएकी रावलको साल नझरेपछि सामुदायिक इकाई गोत्रीमा अचेत अवस्थामा उपचारका लागि ल्याएको थियो । स्वास्थ्य ईकाईमा साल निकाले पछि होसमा आएकी थिईन् तर रक्तश्राप नरोकीएकी रावल पछि उनको मृत्यू भएको कुरा अहेब अमर बुढाले बताए ।
यस वर्ष मात्र रावललगायत स्वास्थ्य संस्थामा मृत्यु भएका सुत्केरीको संख्या तीन पुगेको छ। गएको भदौ २५ गते जिल्ला अस्पताल बाजुरामा उच्च रक्त श्रावका कारण उपचार हुँन नसकेर बुढीनन्दा नगरपालिका–१० पाण्डढुसेनकी ३५ वर्षीया निर्मला बोहोराको मृत्यू भयो ।
कार्तिक २५ गते त्रिवेणी नगरपालिका स्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरी भएको ६ घण्टा पछि ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भएको थियो ।
मृत्यु भएकी बोहराले दुई वर्षपहिले जिल्ला अस्पताल बाजुरामै अप्रेसन गरेर बच्चा जन्माएकी थिइन् । बच्चा जन्माउनु दुई दिन मात्र बाँकी रहेको थियो । यसपटक दुई दिन पहिले नै ब्यथा लागेको जिल्ला अस्पतालको रेकर्डमा देखिन्छ।
‘स्वास्थ्य संस्थामा नियमित गर्भजाँच, सुत्केरी हुँनु पर्ने चेतना अझै पनि गाउँमा छैन, स्वास्थ्य संस्थामा सुत्केरी हुँने भन्दा पनि घरमै सुत्केरी गराउँन खोज्ने गारो भए पछि मात्र स्वास्थ्य संस्थामा ल्याउँने प्रचलनका कारण यस्ता समस्या आएका छन् ।’ जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए ।