धनगढी, १० मंसिर – इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्यालभ्लीअफर’ नामक आकर्षक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी. र ६४ मेगापिक्सलक्यामरा भएको रेड्मी नोट ८ प्रो पाउँनेछन्। त्यसैगरी मात्र रु। २७ हजार ७ सयमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि. भी. र रेड्मी नोट ८ प्राप्तगर्ने जानकारी भायनेट कम्युनिकेसन्स धनगढीका शाखा प्रमुख अशोक खातीले जानकारी दिए ।
यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले १८ हजार ७ सय ९० मा सामसङ र स्काइवर्थको ३२ देखि ४३ सम्मका एलइडी टिभीका साथै इन्टरनेट र नेट टि.भी. प्राप्तगर्न सक्ने भायनेटले बताएको छ। यस योजनाअन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्नआकर्षक प्याकेजहरु उपलब्ध गराएको छ । भायनेट इन्टरनेट सुदूरपश्चिमको प्रमुख शहर धनगढीमा अहिले आकर्षण बढेको छ । यो नेट धनगढीम ईन्टरनेट प्रयोगकर्तामा रोजाईमा पहिलो भएको छ ।