बझाङ, ९ मंसिर– बझाङ जिल्लाको केदारस्युँ गाउपालिका– १ देउरा बजारबाट विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । शनिवार राती जिल्लाको थलारा गाउँपालिका–२ बस्ने १९ वर्षिय सन्दीप खड्का र सोही ठाउँका २७ वर्षिय भुपेन्द्र खड्कालाई देउरा बजारमा पर्चा पम्पलेट टासीरहेकोे अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई राज्य बिरुद्धको कसुर, चन्दा उठाउन कसुर र राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसुर मुद्धा दर्ता भई म्याद थपको लागि हिरासतमा राखी थप अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इस्वरीदत्त पाण्डेयले जानकारी दिए ।