पोखरा । उपनिर्वाचनको पूर्वसन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्षको घरमा बम विस्फोट भएको छ ।
सोमबार बिहान २ बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको हो।
बम विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
३३ नम्बर वडाका अध्यक्ष आचार्यको पोखरा महानगरपालिका–१७ बिरौटास्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा अज्ञात समूहले विस्फोट भएको गराएको हो ।