काठमाडौं । २०७६ मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग०को काउन्ट डाउन जारी रहेको छ । २०७६ कार्तिक ३० गतेदेखि थालिएको काउन्ट डाउन ९गणना घटाउ० हुँदै गर्दा दशरथ रंगशालाको पुनःनिर्माणले भने गिज्याइरहेको छ । पहिले २०७६ मंसिर १५ मा साग हुँदैन कि भन्ने थियो । अब कस्तो हुने हो भन्ने चासोमात्र छ । साग सुरु हुन १५ दिन बाँकी छँदा २०७६ शनिबार १३ औं साग आयोजक मूल समितिले राजधानीमा पत्रकार सम्मेलन गर्दै सागको दिन गन्ती थालेको थियो ।
राष्ट्रिय खेलकुद परिषद ९राखेप०का सदस्य सचिव रमेशकुमार सिलवालले सागको वेभसाइट समेत उद्घाटन गर्दै फिसियल प्रोमो सार्वजनिक गरे । २७ खेल समावेश १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेल हुनेछन् । सागमा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ७८ कास्यसहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले भने कम तयारीमा पनि कम्तीमा ५० पदक जित्ने लक्ष्य राखेको छ । सदस्यसचिव सिलवालले कम्तीमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको बताएका छन् ।
उनले अहिलेसम्मकै रेकर्ड तोड्ने बताएका हुन् । नेपालले तेस्रो पटक सागको आयोजना गर्दैछ । सन् १९८४ मा पहिलो साग आयोजना गरेको नेपालले दोस्रो पटक सन् १९९९ को आठौं संस्करणको आयोजना गरेको थियो । दोस्रो पटकको आयोजनामा नेपालले ३१ स्वर्णपदक जितेको थियो । जुन अहिलेसम्मकै कीर्तिमान हो । यसपटक त्यो कीर्तिमान तोडेर कम्तीमा ५० स्वर्णको कीर्तिमान राख्ने दावी सदस्यसचिव सिलवालको छ ।
जे भन्छन् मानिदिनु पर्ने नत्र
पत्रकारलाई खवरदारी
पत्रकारलाई सिलवालले जे भन्छन् त्यो मानिदिनु पर्ने बाध्यता आइलागेको छ । सागका बारेमा थोरैमात्र पनि उनलाई चित्त नबुझ्ने समाचार लेख्ने हो भने त्यो पत्रकारका लागि घातक हुने चेतावनी उनले दिइसकेका छन् । त्यसका लागि उनले पत्रकारहरूलाई कार्तिक २६ र २७ गते गोदावरीमा राखेर राम्रो खातिरदारी पनि गरेका थिए ।
खेलकुद परिषदका एक अधिकारीका अनुसार, झण्डै १४० जना पत्रकारलाई राखेर उनले सागको बारेमा कुनै पनि गलत समाचार नलेख्न चेतावनी दिएका थिए । उनले पटक पटक राष्ट्रको प्रतिष्ठा भएको खेल हो भन्दै सबैलाई सघाउन घुर्कीपूर्ण भाषाको प्रयोग गरेका थिए ।
स्रोत भन्छ, लाखौं रुपैयाँ खर्च गरेर उनले दुई दिनसम्म पत्रकारलाई राखेर सागको पाठ पढाउन खोजेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चलाई मोटो रकम दिएर राखेपले उक्त कार्यक्रम आयोजना गर्न दिएको राखेप स्रोतले जनाएको छ । पत्रकारलाई वर्कसप नाम दिएर गरिएको उक्त कार्यक्रममा गैरपत्रकारले समेत मोजमस्ती गर्ने अवसर पाएका थिए ।
सहभागी एक पत्रकारका अनुसार, सदस्यसचिव सिलवालले राम्रा कुरामात्र लेख्न चेतावनीयुक्त आग्रह गरेका थिए । साग हुन्न भन्दै तर्साउँदै गर्ने पत्रकारहरूको खेमा नै रहेको भन्दै उनले यसले राम्रो नगर्ने भन्दै धम्की दिएका थिए ।
उद्घाटन सत्रमा मात्र बसेका सिलवालले उद्घाटन सकेर फर्केकै दिन कात्तिक २६ गते मंगलबार अपरान्ह खेलकुद परिषदमा घटना र विचारमा कार्यरत पत्रकार श्रीविक्रम भण्डारीलाई थर्काउँदै अपशब्दसमेत बोलेर धक्का दिएको राखेपका एक कर्मचारीले बताए ।
गल्ती लुकाउन उफ्रे मन्त्री विश्वकर्मा

सिलवालमात्र हैन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) पनि पटक पटक उफ्रिएका थिए । उनले कतिपय मिडिया धर्मभन्दा बाहिर गएको भन्दै चर्को आलोचना गरे । अन्तिम चरणमा धमाधम काम भइरहेको भनी उनलाई किन भनिएको भनी पत्रकारहरूमाथि आक्रोश पोखे ।
अहिलेसम्म भौतिक पूर्वाधार सकिएको छैन । उनी मन्त्री भएको २२ महिना भइसक्यो । समय हुञ्जेल काम नगर्ने अनि हतारमा काम गरेर टेन्टर पनि पूरा गर्न नपर्ने अनि पैसा ह्वाम पार्नका लागि जे पनि फास्ट ट्रयाक गर्न मिल्ने । अनि सूचना दियो भने रिसाउने ।
हतारमा रातभर काम लगाउने अनि काम गर्दागर्दै एक मजदूरको मृत्यु हुँदा उनलाई दोष दिन नपाइने रे । हतारहतारमा काम कसले लगाउँछ मन्त्रीज्यू रु अहिलेसम्म के चाहिं राम्रो काम गर्नुभयो र तपाईको जयजयकार गर्नुपर्ने रु पत्रकारले राम्रो लेख्न त राम्रो काम गर्नुप¥यो नि । राति २ बजे रंगशालामा काम हेर्न जानु जरुरी छ र कसलाई देखाउन गएको त्यहाँ ?
साभार : साँघु न्यूज बाट