धनगढी । महिला उधमी उपभोक्ता सहकारी संस्था लिमिटेड काठमान्डौको प्रदेश स्तरीय महिला सहकारी भेलावाट बिश्वज्योति महिला बिकास वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष तुलसी देबकोटा महिला उधमी उपभोक्ता सहकारी संस्था लिमिटेड‚ सुदुरपश्चिम प्रदेश स्तरीय समितिको संयोजकमा सर्बसम्मत निवाचित हुनु भएको हो ।
यसै गरी उपसंयोजक माया कुवँर ‚ ९डोटी० सदस्यहरुमा पुर्णा शाह (अछाम)‚ ईश्वरी रावल (कैलाली), माया शाही (डडेलधुरा), सरस्वति कार्की (बैतडी), मेनुका सिह (वझाङ) निर्वाचित भएको छ । नेपाल भरीका सबै जिल्लामा शेयर सदस्यता बितरण गर्ने गरी उक्त सहकारीले प्रदेश तथा जिल्ला समिति गठन गरी रहेको सहकारी संस्थाका केन्द्रिय अध्यक्ष शान्ति गुरुङले सो कार्यक्रममा जानकारी गराउनु भयो ।
उक्त संस्थाकी सचिव निर्मला श्रेष्ठले १ लाख ५० हजार शेयर सदस्य पुर्याउने लक्ष्य लिई प्रदेश तथा जिल्ला जिल्लामा सहकारीको शेयर सदस्यता बितरण गरी रहेको जानकारी दिनु भयो । २०७६ मंशिर ३ र ४ गते सुदुरपश्चिम प्रदेश स्तरीय अनुशक्षिण कार्यक्रम सहित सम्पन्न गरिएको छ ।
सुदुरपश्चिम क्षेत्रमा महिला सहकारीहरुले उत्पादन गरेका वस्तुहरु काठमान्डौसम्म वजारीकरण गदै सहकारीले ब्यवसायलाई थप मजवुत वनाउदै लैजाने सोचले उधमी महिला सहकारी संस्था लागी रहेको सुदुरपश्चिम संयोजक तुलसी देबकोटाले जानकारी दिनु भयो । कृर्षि बिकास तालिम केन्द्र धनगढी मा ९ वटै जिल्लाका महिला सहकारीहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीतामा प्रदेश अधिवेसन सम्पन्न गरिएको थियो ।