सुधारोन्मुख प्रादेशिक अस्पताल अस्तव्यस्त बनाउने खेल
सुधारोन्मुख अवस्थामा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई फेरी अस्तव्यस्त बनाउने चलखेल सुरु हुन थालेको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पछिल्लो समय अस्पताल सुधारको काममा बढी सक्रिय रहनुभएका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा। हेमराज पाण्डेलाई हटाएर अर्को ‘जुनियर’ व्यक्तिलाई राख्ने भित्री तयारी गरेको छ ।
विगतदेखि सोही अस्पतालमा काम गर्नुभएका अनुभवी तथा सबैभन्दा ‘सिनियर’ ११ औं तहका मेसु डा। पाण्डेलाई हटाएर जुनियर डाक्टरलाई मेसु बनाउने तयारी भइरहेको हो । समाचार स्रोतका अनुसार मन्त्री सुबेदीले आफूलाई भेट्न नआएको र अटेर गरेको भन्दै डा। पाण्डेलाई मेडिकल सुपरिटेन्डेन्टबाट हटाउने मनस्थिति बनाएका हुन् ।
स्वभातः डा पाण्डे नियमा रहेका काम गर्ने भएकाले नियम मिचेर काम गर्न चाहनेहरुले मन्त्रीलाई कुरा लगाएर आफू प्यारो बन्न डा। पाण्डेलाई हटाउने अभियानमा अस्पताल भित्रैका व्यक्तिहरु लागिपरेको समाचार स्रोतको दाबी छ ।
डा। पाण्डेले मेसुको जिम्मेवारी सम्हाल्नुअघि तीन करोड घाटामा रहेको अस्पताले अहिले बराबरमा आइसकेको छ ।व्यवस्थापकीय सुधार गर्नुका साथै आम्दानी बढाउँदै गइरहनुभएका डा। पाण्डेलाई केही काम गर्न नसकेको भन्दै हटाउन खोज्नु पूर्वाग्रही मानसिकता रहेको स्थानीयहरु बताउँछन् ।
‘देशका विभिन्न अस्पतालमा जुनियर डाक्टरहरु पनि मेसु भएका छन्, सेती प्रादेशिक अस्पतालमा मात्र सिनियर डाक्टर मेसु हुनुपर्छ भन्ने छैन ।’

२०७५ साउन ३१ गते तत्कालिन सामाजिक विकास मन्त्री दीर्घराज सोडारीले नै डा पाण्डेलाई मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्नुभएको थियो । त्यो बेला पाण्डेले मेसु नबन्ने अडान लिएपनि तत्कालिन मन्त्री सोडारीले सरुवा वा मेसुमध्ये एक रोज्न भनेपछि पाण्डे मेसु बन्न राजी हुनुभएको थियो ।
तर, अहिलेका मन्त्री कृष्णराज सुबेदी मेसु पाण्डेलाई हटाई नयाँ तथा जुनियर व्यक्तिलाई मेसु बनाउने तयारीमा रहेको समाचार स्रोतको दाबी छ ।
नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को परिच्छेद ६ को काज, कायम मुकायम सम्बन्धी व्यवस्थाको दफा ४१ मा रिक्त वा पदाधिकार रहेको कुनै विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा कायम मुकायम गर्दा उक्त पदमा बढुवाको लागि योग्यता पुगेका सम्बन्धित समूहका उपलब्ध कर्मचारीहरुमध्ये ज्येष्ठता, कार्य कुशलता तथा शैक्षिक योग्यताको आधारमा मन्त्रालयले उपयुक्त ठह¥याएको व्यक्तिलाई कायम मुकायम मुकर गर्ने व्यवस्था छ ।
ऐनमा प्रष्ट हुँदाहुँदै पनि जुनियर तथा नयाँ डाक्टरलाई ल्याएर प्रादेशिक अस्पतालको सुपरिटेन्डेन्ट बनाउन थालिएको भन्दै सर्वत्र विरोध हुन थालेकोे छ । तर, स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्री सुवेदी नै स्वास्थ्य माफियाको चंगुलमा फस्न थालेका छन् ।
स्रोतका अनुसार सेती प्रादेशिक अस्पालको मेसु हुन बरिष्ठ चिकित्सक हुनुपर्छ, तर त्यहाँ डाक्टर पाण्डेय भन्दा अर्का सिनियर तथा ११ औँ तहका चिकित्सक नै छैनन् । डाक्टर पाण्डेयपछि रोलक्रम अनुसार वरिष्ठताको आधारमा १० औँ तहका डाक्टरहरु शेरबहादुर कमर, खगेन्द्रराज भट्ट, प्रमोद जोशी, कपिल गौतम, होमप्रसाद पन्त, दिनेश सिवाकोटी र सुरेन्द्र बस्नेत छन् । त्य
सपछि रोलक्रम अनुसार डाक्टरहरु शम्भुदत्त जोशी, शिवराज पनेरु, जगदिश जोशी र निरज अर्याल पर्छन् । सेती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष दुर्गा जोशीले सामाजिक विकास मन्त्रालयले जस्तो निर्णय ग¥यो त्यही आफूले मान्नुपर्ने बाध्यता रहेको बताउँदै आउनुभएको छ ।
उहाँले मेसु हटाउने नहटाउने भन्ने कुरा सामाजिक विकास मन्त्रालयको भित्रको कुरा नभएको स्वीकार गर्नुभएको छ । तर, मन्त्रालयले मेसु हटाउने विषयमा आफूसंग कुनै छलफल नै नगरेको अध्यक्ष जोशीले बताउनुभयो ।
मेसु पाण्डेले अस्पताल भित्रको व्यथिति र विसंगतीलाई हटाउन खोज्दा केही कर्मचारी, स्वास्थ्य माफिया र राजनीतिक स्वार्थमा अडेकाहरुले डा। पाण्डेलाई मेसुबाट हटाउन विभिन्न हत्कण्डा अपनाउन थालेको स्रोतको भनाई छ ।
यस विषयमा अस्पताल मन्त्री सुवेदीले भने काम गर्न नसकेका कारण डा। पाण्डेको विकल्प खोज्न लागिएको बताउनुभएको छ ।
काम गर्नका लागि कुनै बरिष्ठताको आवश्यकता नरहने उहाँको भनाई छ । ‘देशका विभिन्न अस्पतालमा जुनियरहरु पनि मेसु भएर अस्पताल चलाएका छन्,’ उहाँले भन्नुभयो, ‘सेती प्रादेशिक अस्पताललाई सिनियरले नै चलाउनुपर्छ भन्ने केही छैन ।’