५ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थीए तर उनिहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।नेपालको होचो भू(भाग कचनकवल गाउँपालिका घुम्न गएका पाँच जना विदेशी नागरिक (युक्रेनी )केचना क्षेत्रमा घुम्ने क्रममा बाटो बिर्सिएर सीमा नाघेर भारतको भुमि पुगेपछि भारतीय प्रहरीले उनीहरुलाइ नियन्त्रणमा लिएको हो। नेपाल घुम्न आएका ति विदेशी पर्यटकहरु केचना क्षेत्र घुम्न गएका थिए तर बाटो भुलेको कारण नेपालको सीमा बाहिर पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर स्थानीय सुखानी थानामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ पर्नेमा ३० वर्षीया मार्याना रुडिक, ३३ वर्षीय भोल्डिमेयर कोभाल्चुक, ३५ वर्षीया लिलिया कोभाल्चुक, ३५ वर्षीय ओलेक्जन्डर कोप्टिभ र २६ वर्षीय इभान सेच रहेका छन् । उनीहरु १५ दिने भीषामा एकसाता अघि नेपाल आएका हुन् ।