सुदूरपश्चिममा ३ वर्षमा ७ सय ८९ सवारी दुर्घटनामा परी ५ सय २१ जनाले ज्यान गुमाएका छन् ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आर्थिक वर्ष २०७३र०७४ देखि २०७५र०७६ सम्म भएका ५ सय ८२ सवारी दुर्घटनामा ५ सय २१ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले प्रदेशमा तिन वर्षको अवधीमा ५ सय ८२ सवारी दुर्घटनामा परि ५ सय २१ जनाले ज्यान गुमाएको बताए । उनले सोही अवधीमा १ हजार १ सय ३९ जना घाईते भएको बताए ।
यसैगरि आर्थिक वर्ष २०७३र०७४ मा १ सय ८४ सवारी दुर्घटनामा परी १ सय ३२ जनाको मृत्यु भएको र सोही अवधीमा ३ सय ४७ जना घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०७४र०७५ मा १ सय ६४ दुर्घटनामा १ सय ५८ जनाको मृत्यु भएको थियो भने ३ सय ३८ जना घाईते भएका छन् ।
यसैगरी आर्थिक वर्ष २०७५र०७६ मा भएका २ सय ३४ सावरी दुर्घटनामा २ सय २३ जनाको मृत्यु भएको र ४ सय ३४ जना घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा सबैभन्दा बढि मोटरसाईकल रहेका छन् । दुर्घटनामा पर्ने मोटरसाईकलको संख्या ३ सय २, बस ९५, ट्रक ६६, जीप÷कार १ सय ८ र ट्रयाक्टर १ सय २५ रहेका छन् ।
चालु आर्थिक वर्षको कार्तिक सम्ममा भएका ५१ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने ९९ जना घाईते भएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।
सवारी चालकको लापरवाही, सडकको दुरावस्था, तिव्र गति, प्रयाप्त मात्रामा ट्राफिक सुचना बोर्ड नहुनु, मदिरा सेवन र यात्रुको लापरवाहीले समेत सवारी दुर्घटना हुने गरेको छ ।