धनगढी,२ मंसिर । कैलालको धनगढीमा सहकारी तथा गरिवी निवारण सम्बन्धि ब्यबस्थापन सूचना प्रणाली तालिम सुरु भएको छ । धनगढी उपमहानगरपालिकाले आयोजना गरेको तालिम आज ४ गते सम्म संचालन गरिने छ ।
तालिमको उद्घाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले गरेका छन् । तालिकको उद्घाटन गर्दै नगर प्रमुख वडले सहकारी संस्थाहरु ब्यबस्थित हुनु पर्नेमा जोड दिएका छन् । उनले सहकारी संस्थाहरुले पैसा मात्र जम्मा गरेर राख्नु भन्दा पनि जनतामा लगानी गर्नु पर्ने बताए ।
कार्यत्रममा बोल्दै नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकालेले ब्यबस्थित नभएका सहकारीहरुलाई समायोजन गरि ब्यबस्थित गर्ने निती अगाडी बढाएको बताए । तालिमको सहजिकरण धनगढी उपमहानगरपालिका सहकारी शाखा प्रमुख हरिसिंह साउद गरेका छन् ।
