धनगढी २८ कार्तिक – धनगढीमा गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता हुने भएको छ । गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीको आयोजनामा गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता हुन लागेको हो ।
कार्तिक २९ र ३० धनगढीको फल्याटल्याण्ड फुटसलमा अन्तर मावि स्तरीय फुटसल प्रतियोगिता हुन लागेको हो । १३ वटा विद्यालयको सहभागीता रहेको प्रतियोगिताको विजेताले २२ हजार दुई सय २२ रुपैयाँ तथा उपविजेताले ११ हजार एक सय ११ रुपैयाँ नगद सहित ट्रफी पाउने आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनका खेल संयोजक मुकुन्दवहादुर सिंहले जानकारी दिनुभयो ।
शुक्रवार विहानदेखि सुरु हुने प्रतियोगिताको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष वावुराजा श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । तल्लो तहदेखि नै फुटसल खेलको विकास गर्न र खेलाडीहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको खेल संयोजक सिंहले बताउनुभयो ।
गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीले होटेल म्यानेजमेन्टको अध्ययन तथा तालिम, वैदेशिक अध्ययनका लागि परामर्श दिने तथा क्षमता अर्भिवृद्धि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।

image description
