धनगढी २८ कार्तिक- विश्व मधुमेह दिवसको अवसर पारेर धनगढी जेसिजको आयोजना तथा लाईफ केयर डाईग्नोसिस प्रालिको सहकार्यमा विहिवार निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।
“जेसिज सप्ताह” कार्यक्रम अन्र्तगत निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रमको आयोजना गरिएको हो । सेती अंचल अस्पतालमा कार्यरत डा। पंकज पाठकले मधुमेह रोगका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन धनगढी जेसिजका कोषाध्यक्ष जर्नादन बम्मले गरेका थिए ।
धनगढी जेसिज वर्ष २०१९ का अध्यक्ष नरेन्द्र राज अवस्थीले रगत जाँच गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । निःशुल्क स्वास्थ्य कार्यक्रमका संयोजक तथा धनगढी जेसिजका साधारण सदस्य शशांक कलौनीले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान, साईबर क्राईम तथा आइटी सेमिनार, निःशुल्क स्वास्थ्य शिविर, बक्तृत्वकला, साइक्लिङ्ग लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जेसिज सप्ताहका मुल संयोजक नरेश धामीले बताए ।