सुखड २७ कार्तिक- कैलालीमा मोटरसाईलले ठक्कर दिदा मंगलबार एकजना को मुत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुख्खडका ७७ वर्षिया जीत बहादुर बमको मुत्यु भएको हो ।
पुर्व बाट पश्चिम गईरहेको प्रदेश नम्बर दुई, २०३००२ प ८०६० नम्बरको मोटरसाईकलले सुख्खड बजारमा बाटो काट्ने क्रममा उहाँलाई ठक्कर दिएको थियो । उपचारको लागी भारतको लखनउ लैजाने क्रममा बाटोमा मुत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरिक्षक हरिश शरण भट्टले जानकारी दिनु भयो ।
ठक्कर दिने मोटरसाईल चालक बर्दगोरिया गाउँपालिका १ बौनियाका पारष परियार प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।
