कैलाली २६ कातिक- बेलाबेलमा बिवादमा आईरहने धनगढी उप–महानगरपालीका १८ फुलवारीमा रहेका फुलवारी क्याम्पसमा तालाबन्दी फेरी तालाबन्दी भएको छ ।
क्याम्पसमा आर्थीक अनियमितता भएको, नयाँ निर्माण भएको भवनमा चरम लापरबाही र गुणस्तरहिन सामाग्री प्रयो गरीएको लगाएताका आरोप लागेको छ । मंगलबार क्याम्पसका सम्पुर्ण विद्यार्थीहरुले एक विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन । सात लाखमा खरीद गरिएको भनिएको कमप्युटर खरीद गरेको भन्दै किर्ते कागजपत्र तयार गरेको र आर्थीक पारदर्शी नदेखीएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यता क्याम्पस प्रमुख यम पौडेलले क्याम्पसमा कुनै आर्थीक अनियमितता नभएको भन्दै खण्डन गरेका छन् । उनले विद्यार्थीहरुले गलत माग राखेर तालाबन्दी गरेको बताए । बिद्यार्थीको मागलाई सम्बोधन गर्न वार्ता गरी समस्या समाधान गर्ने उनले बताए ।



