काठमाडौं ।
अभिनेत्री निशा अधिकारीले इन्स्टाग्राममा स्तनपानको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले इन्स्टाग्राममा आफ्नो छोरा युभनलाई स्तनपान गराएको तस्बिर सार्वजनिक गरेकी हुन् ।
उनले विगतमा पनि ‘बेबी बम्प’ को तस्बिरहरु प्रदर्शन गरेकी थिइन् । गर्भवती भएको समयमा भुँडीको तस्बिर प्रदर्शन गर्दा धेरै नकारात्मक प्रतिक्रियाहरु आएको थियो । उनी अहिले अमेरीका बस्दै आएकी छन् ।
सामाजिक जनचेतनाका कामहरु गर्दै आएकी उनको यो तस्बिर पनि सामाजिक चेतनाको लागि राखिएको मान्न सकिन्छ ।
