२९ असोज, २०७६ काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले संगठन विभागमा ३ जना सदस्यलाई थप गर्ने निर्णय गरेको छ । विभागमा बामदेव गौतम र जनार्दन शर्माका अतिरिकत ३ सदस्यहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ ।
त्यस्तै मंसिर १४ मा हुने उप निर्वाचनमा नेकपाको उम्मेदवार सिफारिस तथा टुंगो लगाउन प्रदेश तथा तल्लो तहका कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको छ । प्रतिनिधसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनको हकमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले ३ जनाको नाम कात्तिक १० भित्र सिफारिस गरिसक्नुपर्नेछ।