शैक्षिक विषयवस्तुमा निर्माण गरिएको चलचित्र “मेरो लक्ष्य” को धनगढीमा च्यारिटी हुने भएको छ । कन्फिडेन्ट युथ करियर डेभलपमेन्ट एजेन्सीको प्रस्तुती रहेको चलचित्र मेरो कथाको धनगढीमा असोजको पहिलो साता धनगढीमा च्यारिटी शो हुन लागेको हो । धनगढीपछि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा पनि च्यारिटी शो हुने निर्माण पक्षले जनाएको छ । त्यसका लागि निर्माण टीमले एक टीमलाई यस क्षेत्रमा पठाएको छ ।
चलचित्र मेरो लक्ष्यका कलाकार समेत रहेका रुपक रोकाया सहित सरोज सिंह ठकुरी, सुर्य सिंह ठकुरी, दिनेश खड्का, सुरेश सिंह र सरोज सिंह लगायतको टोली यसक्षेत्रमा चलचित्रको च्यारिटी शो को तयारी गरिरहेको छ । जनचेतना जागरण गर्ने उद्देश्यले शिक्षित युवाहरुको समुहले निर्माण गरेको चलचित्र “मेरो लक्ष्य” का निर्माता विनय लामा रहेका छन् । चलचित्रको कथा तथा निर्देशन गणेश श्रेष्ठले गरेका हुन् ।

विद्ययार्थीको मानसिक चुनौती, मनोविज्ञान तथा भविष्य निर्माणका लागि यो चलचित्रले मार्ग निर्देशनको रुपमा काम गर्ने डम्याई निर्माण पक्षको रहेको छ चलचित्रको योजना अन्तर्गत पिछडिएका विकट स्थानहरुमा समेत चलचित्र पदर्शन गरेर उठ्ने रकम सामाजिक क्षेत्रमा लगाईने भएको छ ।
करिब १ घण्टा अवधिको चलचित्रमा निर्मल शर्मा, रश्मी भट्ट, सुजन श्रेष्ठ, रुपक रोकाया, आश्रय कोइराला, बरुन जङ लिम्बु, श्रृष्टि भट्टराई, प्रकाश मगर लगायत कलाकारहरुको अभिनय रहेको छ । “मेरो लक्ष्य“ एउटा विद्यार्थीको विद्यार्थी जीवनमा आएको एउटा सकारात्मक र संघर्षरत परिवर्तनको कथा हो । एउटा कक्षा १२ को विद्यार्थीको विद्यार्थी जीवनको कथा जहाँ उसले एउटा सडक बालकलाई भेटेपछि एउटा नयाँ संघर्ष नयाँ यात्रामा एउटा लक्ष्यको उत्पत्ति हुन्छ जहाँ उसको लक्ष्य भनेको सो सडक बालकलाई शिक्षाको पँहुच हुनुपर्ने अधिकार प्रदान गर्नु रहन्छ तर भनेजस्तो जीवनमा हुँदैन अनेक वाधा अवरोधहरु आउने गउँछन् । यदपी एउटा लक्ष्य लिएर अघि बढे सफलता अवश्य भईन्छ भन्ने सन्देश यो चलचित्रले दिएको छ ।