नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा उठ्ने घोषणा गरेका छन् । केन्द्रीय कार्यालय सानेपामा आयतबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले उपसभापतिको उम्मेदवर बन्ने घोषणा गरेका हुन् । बैठकपछि बार्हखरीसँग कुरा गर्दै भने, “मैले केन्द्रिय समिति बैठकमै महाधिवेशनमा अब उपसभापति उठ्ने कुरा भनेको छु ।”
उनले अहिलेको नेतृत्वबाट देशमा देखिएका समस्या समाधान हुननसक्ने पनि बताए । “तर, नयाँ हिरोहरु पनि नयाँ स्क्रिप्टसहित आउनुपर्छ । पुराना हिरोहरुबाट अहिलेको समस्या हल हुन सकदैन,” उनले भने । त्यस्तै, संविधान संशोधन र नजागरिकताको विषयमा पहिला आफु स्पष्ट भएपछि मात्र अघि बढनुपर्ने बताए ।
“क्षमताविहिन संशोधनले अराजकता ल्याउँछ । जथाभावी नागरिकता बाँड्दा नेपाली आफै अल्पमतमा पर्छन् ” उनले भने, “राजनितिक नेतृत्वमा अन्योलमा हुँदा अहिलेका समस्या जन्मिएका हुन् । होली वाइन, बुद्धको मुर्ति तोडफोड र गौ हत्याको विषय आएको छ । यसलाई बेलैमा सम्बोधन गरिएन भने प्रणालीमाथी नै प्रश्न उठ्न सक्छ ।”