विद्यार्थि नेता हृदयराज उपाध्यायलाई विना कारण प्रक्राउ गरेको प्रति नेपाल विद्यार्थी संघ लम्कीचुहाले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । नेपाल विद्यार्थीसंघ लम्कीचुहाका संयोजक ललित देउवाले एक प्रेस विज्ञाप्ती निकाल्दै ओली नेतृत्वको सरकार जनता प्रति अनुदार बन्दै गएको, सर्बसत्ताबाद उन्मुख भएको, बर्तमान सरकारले सामाजिक सञ्चाल फेसबुकमा एउटा मिडियाले प्रकाशन गरेको, समाचारलाई शेयर गरेको आधारमा गिरफ्तारी गरेकोमा आपत्ति जनाएको छ ।

उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै बिज्ञप्ती मार्फत उपाध्यायलाई विना सर्त तुरुन्त रिहा गर्न माग गरीएको छ । पक्राउ परेका नेता उपाध्यायलाई तत्काल नछोडे कडा भन्दा कडा आन्दोलन गर्न बाध्यहुने नेपाल विद्यार्थी संघ लम्कीचुहाका संयोजक ललित देउवा द्धारा हस्ताक्षेरीत विज्ञाप्तीमा उल्लेख गरीएको छ ।