टीकापुरमा भइरहेको थरुहट÷थारुवान राष्ट्रिय सम्मेलनको बन्दसत्रमा राजनीतिक प्रतिवेदनमाथि गहन छलफल गरिएको छ ।
आइतबार भएको बन्दसत्रमा सम्मेलन तयारी समितिका संयोजक मिनराज थारुले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । राजनीतिक प्रतिवेदनमामाथि घनिभूत रुपमा छलफल भएको थारु नेता कृष्णकुमार चौधरीले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमाथि विभिन्न नेता, व्यक्तिले आ–आफ्नो धारणा राखेका छन् । बन्दसत्र टीकापुरस्थित सिटी सभा हलमा भएको थियो ।
यसैगरी, बन्दसत्रमै थरुहट÷थारुवान आन्दोलन, माग, मुद्दा र अबको कार्यदिशा भन्ने अवधारणापत्र पनि पेश भएको छ । अवधारणापत्रमा विभिन्न व्यक्तिले टिकाटिप्पणी गर्नुका साथै आ–आफ्नो रायसुझाव राखेका छन् । लेखक युग पाठक, भाष्कर गौतम, लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम चौधरी लगायतकाले अवधारणापत्रमा रायसुझाव दिएका छन् ।
यसअघि, शनिबार सिटी हलको प्राङ्गणमा ठूलो जनसहभागिताकाबीच सम्मेलनको उद्घाटन गरिएको थियो । सोमबार टीकापुर घोषणापत्र सार्वजनिक गरेर सम्मेलन समापन गर्ने जनाइएको छ । सम्मेलनमा २५ जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
राजनीतिक प्रतिवेदनमा छलफल
राजनीतिक प्रतिवेदनमा छलफल