धनगढी बसपार्कमा रहेको श्रीपाल होटलमा मृत भेटिएका युवक आर्दश भट्टको हत्या गरिएको आफन्तले आरोप लगाएका छन । गत जेठ १२ गते धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरका आर्दश भट्ट बसपार्क स्थित श्रीपाल होटलको कोठामा मृत भेटिएका थिए ।
धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिवारका सदस्यले अनुसन्धानका क्रममा उनको लागुऔषध सेवनका कारण मृत्यु भएको प्रहरीले बताएपनि अहिले पोष्टमार्टम रिपोट र ल्याव रिपोटमा लागु औसध सेवन गरेको नदेखिएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका हुन ।
नग्न अवस्थामा भेटिएका भट्टको ल्याव परिक्षण पछि लागुऔषधी प्रयोग नगरेको देखिएको मृतक आर्दशका बुवा शम्भु भट्टको भनाई छ । प्रहरी कार्यालमा जाहेरी दर्ता गर्नका लागि गएको भएपनि प्रहरीले दर्ता गर्न आनकानि गरीरहेको उनको गुनासो छ । आर्दशसंगै होटलमा बसेका तीन जनालाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धान नगरी छाडेको आफन्तको आरोप छ ।