महाकाली नदीमा पानीको बहाव बढेपछि सोमवार विहानै देखि वनवसा पुलमा चार पांग्रे सवारी सञ्चालनमा रोक लगाईएको छ।
जिल्ला आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार दिउसो १० बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख २७ हजार ६७२ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा चार पांग्रे सवारी साधान सञ्चालनमा रोक लगाईने गरेको छ।
भारत तर्फ जाने नहर सफा गर्नका लागि पानी नदीमा छोडदा पानीको बहाव बढेको बताईएको छ। पुलमा पैदल यात्रु साईकल र मोटरसाईकल चालकका लागि भने सञ्चालन गरिएको छ। वर्षापछि नदीमा पानीको सतह बढेपछि आज विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको स्थानीय प्रशासनले जनाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यले नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीका साधनमा भारतीय पक्षले आवागमनमा रोक लगाएको बताए। महाकाली नदीमा पानीको बहावले १ लाख क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइदै आएको छ।