काठमाडौं- बलिउडकी दिग्गज अभिनेत्री स्व. श्रीदेवीको बायोग्राफी आउने भएको छ। पेन्गुइन रेण्डम हाउस इण्डियाले उक्त पुस्तक प्रकाशित गर्ने घोषणा गरेको हो। ‘श्रीदेवी : गर्न वुमन सुपरस्टार’ शीर्षकमा पुस्तक प्रकाशित हुने भएको हो।
पुस्तकको लेखन-पटकथा लेखन सत्यार्थ नायकले थरेका छन्। श्रीदेवीका पति बोनी कपूरले पुस्तक प्रकाशनका लागि सहमति जनाएका छन् श्रीदेवीको सन् २०१८मा ५४ सालको उमेरमा निधन भएको थियो।
प्रकाशन हाउसका अनुसार किताबमा श्रीदेवीको जीवन र उनीसँग जोडिएको यादलाई समेटिएको छ। उनले एक यस्तो आमधारणा बदल्दिइन् कि पुरुष प्रधान फिल्म उद्योगमा एक महिला कसरी स्टार बन्न सक्छिन्।
पुस्तक अक्टोबर २०१९मा प्रकाशित हुनेछ। अहिले पुस्तक इ-कमर्स वेबसाइटमा प्रि-अर्डरको लागि उपलब्ध छ। बलिउड अभिनेत्री विद्या बालनले आफ्नो इनस्ट्रागाम अकाउन्टमा किताबको अभर सेयर गरेकी छन्।