• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीतमा कालीको र्‍याप (भिडियो)

असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत इन्टरनेट रिलिज भएको छ । र्‍याप शैलीमा तयार पारिएको गीतमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा फिचर्ड छन्, र्‍यापरको भूमिकामा । गीतलाई पनि दुबैले मिलेर लेखेका हुन् । गीतका निर्देशक विजु कर्माचार्य हुन् । भने, कन्सेप्ट काली स्वयंको हो ।
गीतको कन्सेप्ट नयाँ र फरक छ । सम्भवतः नेपाली फिल्ममा पहिलो पटक यस प्रकारको प्रयोग गरिएको हो । यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेल्नेमा निर्माण पक्षको विश्वास छ । सुरुवाती दिनदेखि नै फरक शैलीको गीत तयार गर्दै आएका कालीलाई यस गीतले थप उचाइ दिलाउने देखिन्छ । उनी आफ्नो नयाँ प्रयासलाई दर्शकले रुचाउनेमा आशावादी छन् ।
महेश्वर श्रेष्ठको डि.ओ.पी रहेको गीतमा सञ्जिप राई र बलराम बुढाथोकीको क्यामेरा छ । भिडियोमा मनिष ढकाल र जोशुआ भोलानले नृत्य प्रस्तुत गरेका छन् । गीतको सम्पादन निर्देशक कर्माचार्य स्वयंले गरेका हुन् । यो गीतलाई फिल्ममा पनि राखिएको छ वा दर्शकलाई हलसम्म तान्न यूट्युबमा मात्र सार्वजनिक गरिएको हो यस विषयमा निर्माण टिमले जानकारी दिएको छैन ।
रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ ले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।
दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । फिल्म सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । सुपरहिट फिल्मको तेस्रो सिक्वेल भएका कारण दर्शकमा ‘कबड्डी कबड्डी कबड्डी’ को व्यग्र प्रतिक्षा छ ।
गीत हेर्नुहोस् :- https://www.youtube.com/watch?v=DTvYKfNInzc

मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
कैलालीमा १३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा युवक पक्राउ
बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.