काठमाडौं, ९ श्रावण । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय (सिटिइभिटी)ले चिकित्सा शिक्षा ऐन बिपरित टि.एस.एल.सी. तहका लागि भर्ना आह्वान गरेको छ । सिटिइभिटीले शैक्षिक सत्र २०७६०७७ मा टि।एस।एल।सी। तह स्वास्थ्यतर्फका कार्यक्रमहरुमा भर्ना गर्न प्रवेश परीक्षा सञ्चालनका लागि ऐनविपरित भर्ना खुलाएको हो ।
शिक्षाममन्त्री गिरिराजमणाी पोखरेलको ठाडो निर्देशनमा ऐनविपरित भर्ना खुलाएको डाक्टर अच्युत भट्टले जनाकारी दिए । सिटीइभिटीमा शिक्षामन्त्री अध्यक्ष रहेको परिषद्ले भर्नाका लागि सूचना जारी गरेसँगै यससँग सम्बन्ध राख्नेहरुले विरोध गरेका छन् ।
डा. भट्टले ऐन विपरित खुलाएको भर्ना प्रक्रिया कुनै पनि हालतमा अगाडि बढ्न नदिने चेतावनी दिए ।
‘गोविन्द केसीले चिकित्सा शिक्षा ऐनमा पाँच वर्षभित्र टिएसएलसी कार्यक्रम फेज आउट गर्ने माग राखेका थिए । सरकारले बिस्तारै फेज आउट गर्ने भनेर निर्णय गर्यो । तर, ऐनमा भने तत्कालै लागू हुने भनेर आयो’, उनले भने, ‘तर, शिक्षामन्त्री गिरीराजमणी पोखरेलले ऐनविपरित एक कार्यकाललाई पढाउन दिउँ भने ।’
साथै उनले दुर्गममा टिएसएसी कार्यक्रमको माग भएको भए पनि सरकारले ऐनको विपक्षमा गएर भर्ना प्रक्रिया अगाडि बढाएकोले आफूहरु कानुनी लडाई लड्ने बताए । उनले शिक्षामन्त्रीले ऐनको विपक्षमा निर्णय गर्न नपाइने बताए ।
‘तत्काल यो निर्णय खारेज भएन भने हामी अदालत जान्छौं । र आन्दोलनको बलमा यो निर्णय खारेज गरेरै छोड्छौं,’ डा। भट्टले भने, ‘ऐनविपरित शिक्षामन्त्री त के प्रधानमन्त्रीले पनि निर्दशन दिन मिल्दैन ।’
सिटीइभिटीका सदस्य सचिवले आफूहरु ऐनविपरित कार्य गर्न नदिने आश्वासन दिए पनि चोरबाटोबाट भर्ना प्रक्रिया अगाडि बढाइएकोमा आपत्ति जनाए । साथै डा। भट्टले विद्यार्थी संगठन अनेरास्ववियूसँग सहकार्य गरेर शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने र निर्णय फिर्ता नगरे आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिए ।
प्रत्यायन ऐन अन्र्तगत ४ नम्बर बुँदामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भए पछि परिषद्ले प्रमाणपत्र तह भन्दा मुनिका स्वास्थ्य शिक्षा सम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरू सञ्चालन नगर्ने उल्लेख छ ।