धनगढी,१४ जेठ
धनगढी उप–महानगरपालिका १६ घुरही टोलमा आगलागी भएको छ । स्थानीय रामदेबीको दुईवटा घरमा आगलागि हुदा धनमाल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
सोमबार दिउसो मध्यान्न तिर रामदेबीको दुईवटा घरमा आगलागि भएको थियो । आगलागिको कारण पत्ता लगाउन सकिएको छैन । प्रहरीले गरेको घटनास्थल मुचुल्का अनुसार रामादेबीको घरमा आगलागि भएर २० लाख ६० हजार नोक्सान भएको छ ।
आगलागी भएको पिडितका घरमा पुगेरै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आगलागी पिडितलाई राहत वितरण गरेका छन् ।
नगरप्रमुखले आगलागि पिडित रमादेबी चौधरीको परिवारलाई चामल, तेल, दाल, मसला लगायतको राहत घरमै पुगेर हस्तान्तरण गरेका हुन । अपुग राहत बुधवार पठाउने नगरप्रमुख वडले बताए । निकै ठूलो क्षति भयो नगरप्रमुख वडले भने, उप–महानगरपालिकाले सक्ने राहत उपलब्ध गराउन तयार छौं । गर्मिको बेलामा धनगढी उप–महानगरपालिकाका बिभिन्न वडामा आगलागिका घटना बढेको नगरप्रमुख वडले बताए । नगरप्रमुख संगै वडा नं १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरी पनि राहत बितरण गर्न पुगेका थिए ।
राहत बुझ्दै पिडित चौधरीले उपमहानगरपाललिका मेयरनृपबहादुर वडलाई धन्यवाद दिदै यसरीनै जनताका समस्यामा सधै लागि रहन अनुरोध गरिन् ।
तस्बिरहरु





