- लोकबहादुर देउबा/बौनिया
बालीकाहरुलाई आत्मरक्षा सम्बन्धि ३ दिने तालीम कैलालीको बर्दगोरीया गाउपालिकामा रहेको बसन्त मुरारी माध्यामिक विद्यालमा मंगलबार आज सम्पन्न भएको छ ।
मर्सी क्रोप्स र बेस कैलालीको संयुक्त आयोजनामा भएको तालीमलाई स्टीमले सहयोग गरेको थियो । आत्मरक्षा तालीममा बसन्त मुरारीका कक्षा ९ र १० मा पढने बालीकाहरुको सहभागिता रहेको थियो ।
तालीममा तिन सम्म बालीकाहरुको शारीरीक,मानसिक र भौतीक विकासको बारेमा समाजिक सहजकर्ता नारायणी गौतम,सहजकर्ता मनोज विश्वकर्मा र सावित्रा भण्डारीले प्रशिक्षण गराउनु भएको थियो । बालीकाहरुमा देखा पर्ने समस्या र उनिहरुले किसोर अवस्थामा भोग्नु परेका पिडाका बारेमा समेत तालीममा जानकारी गराईएको थियो ।
कार्यक्रममा वडा नं। १ का वडा अध्यक्षले आफनो वडालाई बालमैत्री वडा बनाउन आफु लागी रहेको बताउनु भयो । बालीकाहरुलाई सशक्त बनाउन जनचेतनाका कार्यक्रम ल्याउनुपर्ने बताए ।
आगमकी दिनमा अन्य विद्यालयमा यस्ता कार्यक्रम ल्याएर बालीकाहरुलाई जनचेतना तथा आत्म रक्षा सम्बन्धि चेतना फैलाउन आवश्यक रहेको वडा अध्यक्ष खतिवडाले भने । कार्यक्रममा बसन्त मुरारीका प्र अ भुमि प्रकाश बमको पनि सहभागिता रहेको थियो ।