• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खुमन अधिकारीको गायन यात्रा : भगवान्‌ले नै गीत गाउन पठाएजस्तो !

काठमाडौं – भनिन्छ, हरेक बिहानीले दिनको संकेत गर्छ, हुने विरुवाको पात चिल्लो हुन्छ ।

यी भनाई ठ्याक्कै मिल्छन् लोकदोहोरी गायक खुमन अधिकारीको सांगीतिक जीवनसँग ।

खुमनमा सानैदेखि गायन प्रतिभा थियो । गीतसंगीतप्रति तीव्र लगाव राख्थे, हर हमेशा गीत गुनगुनाउँथे ।

खुमनको गायन प्रतिभालाई नियाल्नेहरू भन्थे, ‘पछि गएर यो गायक बन्छ ।’ नभन्दै खुमन लोकदोहोरी गायनमा चिल्लो पात बनेर उदाए । उनले गाएका गीत लोकप्रिय बन्दै गए ।

खुमनको २०६३ सालमा पहिलो गीत सार्वजनिक भयो –  ईश्वर पनि देब्रे परेछन् । तर त्यसयता खुमनको सांगीतिक करिअरमा ईश्वर सधै दाहिने भए ।

केही साताअघि मात्रै खुमनको ‘झोला’ बोलको गीत सार्वजनिक भयो । यहाँसम्म आउँदा गीतसंगीतले खुमनको झोला भरिएको छ । ८ हजार ५ सय बढी गीतमा खुमनको श्वरको जादू छरिएको छ । लाखौं स्रोता/दर्शकमाझ त्यो सुरिलो श्वर गुञ्जिसकेको छ ।

खुमन स्याङजाको कृष्णगण्डकीमा जन्मे, हुर्के । डाँडाकाँडा, खेतबारी, भीरपाखामा लुकामारी गर्दै खुमनको बालापन बित्यो ।

गीतसंगीतले कसरी आकर्षित गर्‍यो ? खुमनसँग ठ्याक्कै जवाफ छैन । एक हिसाबले गाउँघरको माहोल नै संगीतमय रहेको खुमन बताउँछन् । उनकी आमा गीत गुनगुनाउँथिन् ।

आफू जान्ने, बुझ्ने भएदेखि नै गीत गुनगुनाएको खुमन बताउँछन् । लोकान्तरसँगको कुराकानीमा खुमनले हाँस्दै आफ्नो बाल्यकाल सुनाए ।

‘बुझ्ने भएदेखि मादलको तालमा नाच्ने, रेडियो सुन्ने र गीत गुनगुनाउने गरेको सम्झन्छु । मलाई भगवान्‌ले नै गीतसंगीतको क्षेत्रमा लाग्न भनेर पठाएजस्तो लाग्छ,’ खुमनले भने ।

घाँसदाउरा गर्दा खुमनले खुबै गीत गुनगुनाउँथे । रेडियो, टेलिभिजनमा गीतसंगीतका कार्यक्रम छुटाउँदैनथे । ‘रेडियो/टेलिभिजनमा बजेका गीत एक पटक सुनेपछि कन्ठ हुन्थ्यो,’ कुराकानीमा उनले गीत संगीतप्रतिको आकर्षण स्मरण गरे ।

संगीतको लत यतिसम्म थियो कि नेपालीमा शब्दको अर्थ घोक्दा समेत भाका मिलाएर घोक्थे उनी । स्थानीय क्लब, विद्यालयदेखि जिल्लास्तरीय सांगीतिक कार्यक्रममा प्रायः छुट्दैनथे उनी । भाग लिने मात्र होइन, अधिकांश पुरस्कार आफ्नै पोल्टामा पार्थे ।

खुमन भन्छन्, ‘कार्यक्रममा खुमन अधिकारी आएर गीत गायो भने त्यहाँ अरुको चान्स छैन भनेर हल्ला हुन्थ्यो । यिनीहरूकै टीमले पुरस्कार लैजान्छ भन्थे ।’

छोराको प्रतिभामा बुवाआमा कहिल्यै तगारो बनेनन् । सांगीतिक क्षेत्रमा लाग्न बुवाआमाको सधै हौसला पाइरहे । ‘प्लस टु’सम्म जिल्लामै बसेर पढे ।

त्यसपश्चात् परिवारकै हौसलाले अध्ययनसँगै सांगीतिक करिअर बनाउन काठमाडौं आए २०६२ सालमा । भन्छन्, ‘यदि परिवारको साथ र सहयोग हुँदैनथ्यो भने सायद आज म यो स्थानमा हुँदैनथें ।’

ग्राहक बनेर छिरेका खुमन गायक बनेर निस्किए

खुमन अध्ययनका लागि र गायक बन्ने सपना पालेर काठमाडौं आए । अध्ययन त शुरू गरे तर कसरी गायक बन्ने ? चिने–जानेको कोही थिएनन् । अन्योलमा थिए उनी ।

गाउँबाट बिरानो ठाउँ आएको २ महिना हुँदै थियो । १ दिन साँझपख उनी पुरानो बसपार्कको सिटी मार्केट हुँदै फर्कंदै थिए, मादल बजेको आवाज सुने । जहाँ रेसुङ्गा दोहोरी साँझ थियो । भित्रछिरे । दोहोरीबारे बुझे । त्यहाँ केही खानेकुरा खाएपछि आफूले पनि गीत गाउन पाउने भए ।

‘मसँग १ सय रुपैयाँ थियो । ७५ रुपैयाँको कालोचिया पिए,’ उनी त्यो दिन सम्झन्छन्, ‘अनि एउटा लोकगीत गाउने अवसर पाएँ ।’

उनको श्वरले दोहोरी सञ्चालकको ध्यान खिच्यो । खुमनलाई बोलाएर भनेछन्, ‘तपाईको श्वर राम्रो रहेछ । दोहोरी गाउने काम गर्नुहुन्छ ?’

खुमनको ईच्छा नै त्यही । उनले सहर्ष स्वीकारे । अर्को दिनदेखि सोही दोहोरी साँझमा दोहोरी गाउन थाले । ‘मासिक ३ हजार रुपैयाँ तलबमा काम गर्न थालें,’ उनी भन्छन्, ‘दोहोरीमा काम गर्न थालेपछि कोठा भाडा तिर्न भनेर घरबाट खर्च माग्न छाडें ।’ उनले त्यहाँ ८/९ महिना काम गरे, त्यसपश्चात् गोंगबुस्थित भन्ज्याङ्ग दोहोरी साँझमा काम गर्न थाले ।

एउटा गीत गाउन स्टुडियो छिरेका खुमनले थप २ गीत गाए

भन्ज्याङ्ग दोहोरी साँझमा काम गर्दै थिए । गायिका सीता पौडेलले भनिन्, ‘भाइ तिम्रो श्वर राम्रो छ । मैले एल्बम निकाल्दैछु । भाइले गीत गाइदिनुपर्छ ।’

खुमनमा खुशीको सीमा रहेन । ‘ईश्वर पनि देव्रे परेछन्’ गीत गाए । यो गीत रेकर्ड हुँदै थियो, खुमनले अरु २ गीत पनि गाउने अवसर पाए । उनले सम्झिए, ‘स्टुडियोमा मेरो श्वर सुनेर बाहिर गायकलाई पर्खेर बस्नुभएकाले मेरो पनि गीत गाइदिनुपर्‍यो भन्नुभयो ।’

त्यसपश्चात् खुमन लोकदोहोरी गायनमा क्रमशः खोजिन थाले । केही महिनामा नै उनले २ दर्जन बढी गीतहरू गाइसकेका थिए ।

 

त्यत्तिकैमा राजकुमार बगरको ‘मनको देउतैले’ बोलको गीत गाउने अवसर पाए उनले । गीत अत्यन्तै चल्यो, खुमनको चर्चा चुलिँदै गयो । ‘त्यसपश्चात् त मलाई गीतको ओइरो नै लाग्न थाल्यो,’ खुमन सफलता सुनाउँछन् ।

त्यसपश्चात् लोकदोहोरी गायनमा खुमन बिकाउ बने । ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘पानी कुवाको’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘अल्लारे ठिटो’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’, तीज गीत ‘अब त मैले नि झुम्का लगाउँछु’ लगायतका गीतले बजार पिटे । खुमनको व्यस्तता, लोकप्रियता दिन दुईगुणा रात चौगुणाको रुपले बढ्दै गयो ।

२०६६/६७ सालतिर रेडियोमा बज्ने गीतमा उनकै दबदबा थियो । उनी भन्छन्, ‘मेरा गीतहरू लगातार आउँथे । त्यो समय अरुसँगभन्दा पनि मेरो प्रतिस्पर्धा मैसँग हुन्थ्यो ।’

दिनमै १० गीत रेकर्ड

२०६६ सालतिर खुमन चर्चा र व्यस्तताको चरम उत्कर्षमा थिए । उनको व्यस्तता यतिसम्म थियो कि एकैदिन १० वटासम्म गीत रेकर्ड गरेका छन् ।

काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा २ वटा, प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा ३ वटा, त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा २ वटा, परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा २ वटा र पुतलीसडकमा रहेको नयाँ रेकर्डिङ स्टुडियोमा १ वटा गीत रेकर्ड गराएको खुमन स्मरण गर्छन् ।

त्यो अनुभवबारे खुमन भन्छन्, ‘त्यो दिन गाउन समस्या भएन, राम्रै गाएँ तर भोलिपल्ट गाह्रो भएर त्यो दिन रेकर्डिङ गरिनँ ।’

‘अहिले स्तरीयता हेर्छु’ 

कुनै समय खुमन गीतको स्तरीयता हेर्दैनथे । प्रस्ताव आएका अधिकांश गीतहरू गाउँथे तर हिजोआज जस्तो पायो त्यस्तो गीत नगाउने खुमन बताउँछन् ।

‘कुनै समय मैले कुनै पनि गीत छान्दैनथें । गीतहरू हमेशै चल्थे,’ उनी भन्छन्, ‘तर अहिले पैसाको मात्र मुख हेर्नुभन्दा गीतको ‘क्वालिटी’ हेरेर गाउँछु ।’

गायक बन्ने खुमनको सपना थियो तर यो स्थानसम्म आउँछु भनेर कहिल्यै नसोचेको खुमन बताउँछन् । आज सांगीतिक क्षेत्रमा पाएको सफलताबाट खुशी छन् खुमन । आउँदा दिनमा छानिएका गीत मात्र गाउने खुमनको सोच छ ।

‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने सोच बुन्न थालेका छन् उनी तर रेकर्डका लागि संख्या पुर्‍याउन मात्र गीत नगाउने खुमनले प्रस्टाइसकेका छन् ।

कुराकानीमा बिट मार्दै खुमन भन्छन्, ‘छनोट गरेर गीत गाउँदै जानेछु । केही वर्षपछि १० हजार गीत पुर्‍याएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने सोच छ । हेरौं के हुन्छ ?’

शनिबार, जेठ ११, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
मुख्यमन्त्री निवासमै पुगेर ट्राफिक प्रहरीले काट्यो ५ सय जरिवाना
सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्ता साझेदार दलभित्रै असन्तुष्टि

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.