धनगढी , १३ असोज / केएमसीमा दशैँ दिपावली कपको पुरस्कार वितरणसँगै सांस्कृतिक कार्यक्रम गरिएको छ । बिएस्सी सि.एस.आटी संकायले आयोजना गरेको केएमसी कप असोज ८ गतेबाट केएमसीकै विभिन्न संकायमा अध्ययनरत विद्यार्थीको सहभागितामा ११ गते सम्म सञ्चालन भएको थियो ।
आज केएमसी कपका विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्नुका साथै दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको केएमसी कपका संयोजक कमल कुमार ऐडीले बताए । केएमसी कपको विजेता भएको टोली बिए बिएसडब्लुले नगद १५ हजार , उप-विजेता टोली फरेष्ट्रिले नगद ८ हजार सँगै मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरेको संयोजक एडीले बताए ।
आइतबार बिएस्सी सिएसआइटी संकायले क्याम्पसको सेमिनार हलमा गरेको पुरस्कार वितरण कार्यक्रममा नृत्य, गायन र दशैं ,तिहार , छठ पर्वको शुभकामना आदान-प्रदान समेत गरिएको थियो ।

कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लोकबहादुर बिष्टको प्रमुख आतित्यता रहेको उक्त कार्यक्रममा बिएस्सी सि.एस.आइटी संकायमा अध्ययनरत विद्यार्थी तथा केएमसी कपका संयोजक समेत रहेका कमल कुमार ऐडीको अध्यक्षता रहेको थियो। साथै उक्त कार्यक्रममा अन्य प्राध्यापक , स्ववियूका पदाधिकारी , विजेता खेलाडी, र उल्लेख्य विद्यार्थीको उपस्थिति रहेको थियो ।
