• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

श्रीलंकाको गृह युद्धमा वेपत्ता भएका २० हजार मानिसको मृत्यु भइसकेको राष्ट्रपति राजापक्षले स्वीकारे

एजेन्सी । श्रीलंकाका राष्ट्रपतिले पहिलोपटक देशमा चलेको गृहयुद्धको क्रममा बेपत्ता भएकाहरुका बारेमा औपचारिक रुपमा मुख खोलेका छन् । गृहयुद्धमा बेपत्ता भएका २० हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको राष्ट्रपति गोटाबया राजापाक्षले पहिलो पटक स्वीकार गरेका हुन् । राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका दूतहरुसँगको बैठकको क्रममा राष्ट्रपति राजापाक्षले बेपत्ताहरुको मृत्यु भएको बताएका हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको वक्तव्यमा हाल बेपत्ताको सूचिमा रहेकाहरुलाई मृत घोषित गरी उनीहरुको मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया सुरु हुने जनाइएको छ । बेपत्ता मानिसका सयौँ परिवारहरुले आफ्ना प्रियजनको अवस्था र उनीहरु कहाँ छन् भन्ने थाहा पाउनु पर्ने माग गर्दै श्रीलंकामा ¥याली गर्ने गरेका छन् । अधिकांशले आफ्ना प्रियजन अझै पनि जीवित नै छन् भन्ने आश गुमाएका छन्, तर उनीहरुको अवस्था औपचारिक रुपमा थाहा पाउनु पर्ने उनीहरुको माग छ । बेपत्ता अधिकांश सुरक्षाबलको नियन्त्रणमा रहेको र मृत्यु भएको भए पनि सुरक्षाबलकै कारण भएको बेपत्ता व्यक्तिका परिवारको आरोप छ ।

तर श्रीलंका सरकारले भने सो कुरा अस्वीकार गर्दै आएको छ । श्रीलंकामा २६ वर्षसम्म चलेको हिंसात्मक गृहयुद्ध सन् २००९ को मे मा सकिएको थियो । श्रीलंकन आर्मीले तत्कालीन बिद्रोही तमिल टाइगरलाई पराजित गरेको थियो । गृहयुद्धले श्रीलंकालाई जातिय विभाजनको अवस्थामा लगेको थियो । बुद्धिष्ट सिंघालीको बाहुल्यता र वर्चश्व रहेको सरकार तमिलको विपक्षमा थियो । तमिलहरु आफ्नो छुट्टै राज्य चाहन्थे । २६ वर्षसम्म चलेको युद्धको क्रममा एक लाख मानिसको मृत्यु भएको अनुमान छ ।

अझै २० हजार बेपत्ता छन् र अधिकांश तमिल हुन् । तमिल टाइगरलाई सेनाले पराजित गरेका बेला सन् २००९ मा रक्षा मन्त्री थिए अहिले राष्ट्रपति रहेका राजापाक्ष । उनले औपचारिक रुपमा बेपत्ता सबैको मृत्यु भएको बताउनुको अर्थ युद्धको क्रममा उनीहरु सुरक्षा फौजबाट मारिएका थिए भन्ने हो ।

 

मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.