बेल्जियमकी राजकुमारी कैलाली आउँदै
सुदुरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिकाको वडा नं ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रदेश ब्यबस्थापन तथा अनुसन्धान केन्द्र स्थापना भएको छ । उक्त अनुसन्धान केन्दको उद्घाटन गर्न बेल्जियमकी राजकुमारी एस्ट्रिड कैलाली आउने भएकी छन् ।

यहि माघ ०६ गते बेल्जियमकी राजकुमारी एस्ट्रिड , स्वास्थ तथा जनसंख्या मन्त्रि भानुभक्त ढकाल र स्वास्थ सेवा बिभागका निर्देशक आउने कार्यक्रम तय भएको सुदुरपश्चिम प्रदेशका स्वास्थ निर्देशक डा गुणराज अबस्थी ले बताउनुभयो ।
बेल्जियमकी राजकुमारी एस्ट्रिड बेल्जियमको स्वास्थ्यसम्बन्धी काम गर्ने गैर सरकारी संस्था दामियन फाउन्डेसनको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन्। उक्त संस्थाको उनी मानार्थ अध्यक्ष समेत छिन्।

दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको र मानव संसाधन बिकास प्रतिष्ठानले भौतिक पुर्वाधारमा सहयोग रहेको स्वास्थ निर्देशनालयका क्षयरोग कुष्ठरोग निरीक्षक मनोज ओझाले बताउनु भयो ।