• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

हैटी भूकम्पको एक दशक :३० सेकेन्डले बदलिएको एउटा देशको भविष्य

एजेन्सी
केटलिन हु, सीएनएन

दस वर्ष अघि एक ठूलो भूकम्पले निम्त्याएको कहरले हैटीको राजधानी पोर्ट–ओ–प्रिन्सका लागि केही सेकेण्डभित्र दुस्वप्नमा बदलियो । एक सातामै ७० हजार मानिसको अन्त्यष्टि गरिएको थिष्यो । त्यसपछि पनि लाखौँको ज्यान गयो । सन् २०१० जनवरी १२ मा आएको ७ रेक्टर स्केलको भूकम्पले हैटीको इतिहासलाई नै दुई भागमा विभाजन गयो : भूकम्प अघि र भूकम्पपछि ।

भूकम्प अघिको हैटीको इतिहास लामो छ – अमेरिकी महादेशमा अश्वेत दासदासीको पहिलो स्वतन्त्र राज्य, नेपोलियनको सेनालाई हराएको गौरवबाट अघि बढेको तर पुनः अतिक्रमणमा परेको, प्रतिरोधी क्रान्ती र एकपछि अर्को तानाशाहीको अन्धकारमय युगको इतिहास । तर सन् २०१० यताको हैटिको इतिहासमा एक खाली प्लेटजस्तो देखिन्छ ।

भूकम्पको समयमा पोर्ट–ओ–प्रिन्समा रहेकी युनिसेफको स्थानीय सञ्चार अधिकारी फ्रान्कोइज च्याण्डरले भूकम्पको समय बमबारी हुदाँको जस्तो अवस्था रहेको बताइन् । अमेरिकी भूगर्भ सर्वे९यूएसजीएस०का अनुसार, ३० सेकेण्ड मात्र आएको भूकम्प लगतैपछिको अवस्था निक्कै डरलाग्दो थियो । विपदको अवस्थामा विश्वभरीबाट हैटीप्रति एक्यबद्धता आयो, यसले भूकम्पबाट प्रताडित हैटीका नागरिकमा केही आशा जगाएको थियो ।

आशा र असहायपन

भूकम्पबाट पुनर्निर्माणको लागि अन्तराष्ट्रिय दाताले अर्बौं डलर सहयोगको वाचा गरेका थिए । दाताले कुल १० अर्ब डलर दिने वाचा गरेका थिए । भूकम्प हैटीका कमजोर संरचनाका कारण थप विध्वासात्मक साबित भएको थियो । राजधानीमै केन्द्रीय सरकार बस्ने घरसमेत भत्केको थियो । तथापि विश्वको एक्यबद्धताले जीवितहरुमा आशा बढाएको थियो ।

‘भूकम्प लगतैपछि मैले ठूलो आशा महसुस गरेको थिएँ, किनकि विपदबाट अघि बढ्ने क्रममा सबैले असल मनसायले काम गर्छन् भन्ने परेको थियो,’ हैटीको उत्तरी सहर मिलोटस्थित स्याकर कोअर अस्पतालका प्रमुख तथा प्रसुति चिकित्सक बाहेरोल्ड प्रेभिलले भने ।

तर एक दशकपछि प्रेभिल आफ्नो देशको अवस्थाबाट निरासामात्र महसुस गर्छन् । अघिल्लो आइतबार जनवरी ५०मा हैटीका राष्ट्रपति स्वयम्ले आफ्नो देश भूकम्पको अवस्थाबाट धेरै अघि नबढेको स्वीकार गरे । सन् २०१० मा भत्किएको हैटीको केही हिस्सा अझै पुनर्निर्माण भएको छैन । यसमा सरकारी भवन ‘द नेसनल प्यालेस’समेत छ । त्यस्तै पुनर्निर्माण भएका घर पनि संरचनागत रुपमा बलियो छ भन्ने संकेत देखिदैन । यसले गर्दा भावि प्रकोपमा उस्तै ठूलो जोखिमको खतरा देखिन्छ ।

‘डक्टर विदआउट बोर्डस’सँग आबद्ध एक मनोविज्ञ नरोमी जोसेफको विश्लेषणमा देशको दुर्भाग्यले विगत दशकमा मानसिक आघातमा झन्भन्दा झन् तनाव थपिएको छ । भूकम्प आएपछिको एक दशकमा हैटीमा समुन्द्री आँधी आयो भने बाढी र खडेरीले पनि छोप्यो । त्यस्तै मानवीय गल्तीका कारणले फैलिएको हैजा महामारीले ठूलो संख्यामा मानिसको ज्यान लियो । सरकारको भ्रष्टाचारले हैटीको वर्तमान राजनीति अस्थिरताको निम्तिएको छ ।

भूकम्पको दश वर्षमा देखिएको निराशा, देशको अर्थतन्त्र र पूर्वाधारको निराशाजनक अवस्थाबाट पनि झल्किन्छ । तर केही पनि सुधार नभएको पनि होइन । हैटीको चिकित्सक प्रणाली भूकम्पपछि विस्तार भएको छ र युनिसेफका अनुसार अघिल्लो वर्ष फेब्रुअरीदेखि हैजाका नयाँ विरामी देखिएका छैनन् । तर प्रेभिल भने सन् २०१०कै स्तरमा अर्को भूकम्प आएमा देशको स्वास्थ क्षेत्रले धान्न सक्छन् भन्ने मान्दैनन् ।

हैटीले अहिले आकासिदो मूल्यवृद्धि भोगिरहेको छ र उर्जा अभावले त्यहाँको उद्योग क्षेत्रलाई धक्का दिएको छ ।

हैटीका राष्ट्रपति जोभेनेल मोइसेले पनि बाँकी विश्वले आफूलाई आवश्यक परेको बेला प्रयाप्त ध्यान नदिएकोमा असन्तुष्टि पोखे । ‘विपदपछिका सुरुमा आएका अन्तर्राष्ट्रिय ध्यानाकर्षण विस्तारै कम हुन थाल्यो । कति त वाचा गरिएको अनुदान उपलब्ध गराइएन । यसले पुनर्निर्माणलाई नराम्ररी असर ग(यो ।’ शनिबार जारी एक वक्तव्यमा मोइसेले भनेका छन् । झण्डै दुई वर्षदेखि हैटी राजनीतिक संकटबाट गुज्रिरहेको छ । यस क्रममा कहिलेकाहीँ देशै ठप्प भए । यो राजनीतिक संकट सरकारले ठूलो भ्रष्टाचार काण्डविरुद्ध उचित कदम नउठाएको भन्ने असन्तुष्टिले निम्त्याएको थियो ।

‘मलाई सबैभन्दा दुःख केमा लाग्छ भने सन् २०१०को भूकम्पपछि हैटीका नागरिक र यहाँका शासकअघि यो देशलाई राम्रो बनाउने अवसर आएको थियो,’ प्रेभिलले भने, ‘तर त्यस्तो केही भएन । मेरो देशका नेता त झन् स्वार्थी भए र थप लुटिरहेका छन् । तिनले देशलाई बदल्ने अबसरलाई छोप्नु त कता हो कता अवस्था झन् खराब बनाइदिए ।’

अब के हुनेछ ?

हैटी जलवायु परिवर्तनको सबैभन्दा जोखिममा परेकामध्ये एक देश हो । यो क्यारिबियन क्षेत्रमा व्याप्त समुद्री आँधीको सिधा मार्गमा पर्छ । यस्तो अवस्थामा हैटीले भावी प्रकोपका लागि आफूलाई कसरी तयार गर्न सक्छ रु र, यसले कस्तो प्रकारको सहयोग हासिल हुन सक्छ रु यो अहिलेको जल्दोबल्दो प्रश्न हो ।

अहिले हैटीमाथि सन् २०१० मा जस्तो विश्वव्यापी चाख र करुणा छैन । ‘यदी हैटीको पुनर्निर्माण सफल भएको भए, हामी अरुको लागि उदाहरण हुने थियौं । तर यो असफल भयो र मानिस दिक्क महसुस गरिरहेका छन् । विश्वजगत अब यसबारेमा कुरै गर्न चाहदैनन् । भूकम्प जति धेरै विगतको कुरा हुँदै जान्छ, विश्वले त्यति नै हैटीप्रति कम चाख दिन्छ ।’ आर्थिक अनुसन्धानदाता तथा व्यवसायी एट्जर इमाइलले भने ।

विदेशी सहायताको वहाव कम हुँदै गएको र हैटिका नागरिकमा तिनको सरकारप्रति विश्वास गुम्दै जादाँ हैटीका केही मानिस आफ्नो अनुभवमा मात्र भर पर्न सकिने बताउन थालेका छन्

श्रोत : https://edition.cnn.com/2020/01/12/world/haiti-earthquake-ten-years-anniversary-intl/index.html

मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.