२५ पुस, काठमाडौं । मकवानपुरको हेटौंडा-भैंसे-पालुङ सडकखण्ड अन्तर्गत भिमफेदीको अगोरमा कार दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । अन्य दुई जना भारतीय नागरिक घाइते भएका छन् ।
मृत्यु हुनेमा बा.१ य १२८३ नम्बरको कारमा सवार भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमार रहेको प्रहरीले जनाएको छ ।
