काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने भएका छन् । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने भए पनि नियुक्तिको एक सातामै विश्वासको मत लिन लागेका हुन् ।
ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट शपथग्रहण गरेका थिए । केही मन्त्री र सत्तापक्षका सचेतकहरूसँग ओलीले छलफल गरेपछि विश्वासको मत लिने तय भएको हो । प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने तयारीमा रहेको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए ।