धनगढी, २ साउन । कैलालीको गोदावरी नगरपालिका–३ खमौराकी २१ वर्षीया पूर्णिमा महता आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।
महता गएराति साढे १२ बजे आफ्नै सुत्ने कोठामा मृत अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
