• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खुसीको छटपटी , दिदीको उक्त क्षणको अन्तिम म्यासेज 

यमुना साउद ,धनगढी ,६ जेठ । सानै थिए, धनगढी आएको १ वर्ष भएको थियो । घरको याद धेरै आइरहेको थियो । त्यो हरियाली वातावरण ,फलफूल,चराचुरुङ्गीको आवाज, शीतल मौसम खुब याद आइरहेको थियो । त्यही बेलामा खेमा दिदीसँग जन्म भूमि डोटी जोरायल जाने कुरा भयो ।

घर जाने भने पछि मेरो त खुसीको कुनै सीमा नै थिएन । सोची रहेकी थिए , कति छिटो घर पुगेर सबै ठाउँ घुम्न पाउला? , कति रमाइलो होला ?,आजको दिन र भोलीको दिन कति फरक होला ?यस्तै प्रश्नहरू मनमा खेली रहेका थिए । आफ्नै मन भित्र प्रश्न र उत्तर पनि आफ्नै थियो । दिदीसँग कुरा भएको भोली पल्ट नै जानुपर्ने भएका कारण दुवै जनाले घर लैजानको लागी सामान किन्यौ । लगभग घर जाने सम्पूर्ण तयारी भइसकेको थियो ।

मात्र एक रात काट्न बाकी थियो ।  दिदीको खुसीको पनि कुनै सीमा थिएन । बिहे गरे माइत जाने छोरीको जस्तै ।  रात भरी घर जाने खुसीले निन्द्रा नै लागेन , खुसीको छटपटी पनि बेग्लै,ती गाउँमा बिताएका दिनहरु नै मानसपटलमा घुमिरहेका थिए । गाउँघरको वातावरण,शुद्ध चिसो मुहानको पानी,झ्याकीरीको चिरबिर आवाज , ओखर चोरेर खाएका ती छिमेकीको याद …. यस्तै सोच्दा सोच्दै कति बेला निदाए । थाहै पाएन ।

अर्को दिन बिहान राम्ररी उज्यालो नहुँदै दिदीले मलाई उठाउनु भयो । अरू दिन बाहाना गरी गरी सुत्ने म त्यो दिन छिटै उठे । सबै तयारी गरेर घर जान तयार भयौँ । बिहानको ७ बजी सकेको थियो । घर जान पाउँदाको खुसीले भोकलाई समेत मारिसकेको थियो ।  आ– आफ्नो झोला बोकी हामी अत्तरिया बसपार्क पुग्यौँ । जिप अझै तयार थिएन । यात्रुहरूको भिडभाड पनि उतिकै थियो । दिदी र म एक छिनपछि टिकट काटेर हामी जिपमा चढ्यौँ । 

२ घण्टापछि हामीलाई नास्ता खुवाउन एउटा ठाउँमा जिप रोकियो।  हामीले चना र अण्डा खायौँ । यत्तिकैमा दिदीले भन्यो, “ छिटो घर पुग्न पाएको भएपनी हुने । हेर्न आज घरमा हाम्रा भिनाजुको भाइ पनि आउने रे। भोली नै जाने रे फेरी । ” मैल भने “को भिनाजुको भाइ हो फेरि ?हाम्रो  त कुनै भिनाजु नाता पर्ने कोही छैन जस्तो लाग्छ ? त्यही पनि के भो त भेट भई हाल्छ  किन हतार ह? ” दिदीले भनी“ हैन के तँलाई थाहा छैन , मितिनी दिदी तिरका भिनाजु हुन्  , कस्तो थाहा नपाकी? ” नास्तापछि जिपमा चढे । 

हामी अबेर पछि कष्टपूर्ण पहाडी रुटको सडक यात्रा गर्दै जोरायल पुग्यौँ । हाम्रो जिप जहाँ रोकियो त्यहाँबाट अझै घर पुग्न २ घण्टा  हिडेयौँ ।  हामी लगायत अन्य ४/५जना गाउँकै दिदिबहिनी पनि हामीसंगै गयौ ।  केही बेरमा घर पुगेयौँ । तेतिकैमा हाम्रो आँखाबाट यात्राको थकान समेत एकाएक हरायो । घर पुगेर खाजा नास्ता खानु भन्दा ठुलो हामीलाई  आफ्नो बारीमा घुम्नु थियो ।

कुन बारीमा के लगाएको छ , पहिला कस्तो थियो ? अहिले कस्तो छ ? फलफुल के पाकेका छन् ?पुरै वारि घुमेर सके पछि  घर पुगेर नास्ता  खायौ । पछि दिदी र म फोटो भिडियो बनाउन लाग्यौ । साझ भईसकेको थियो । भिनाजु आईसकेका थिए । सबैले चिनजान गरेयौँ । हामी सबै घर परिवारको लागी उहाँ  नया हुनु हुन्थ्यो।  दिदिलाई मात्र चिन्नु भएको रहेछ । खानपिनपछि हामी सबै आ– आफ्नो कोठामा फर्कियौ । 

“दिदी तैले ती भिनाजुलाई कहिले देखि चिनिस् हु?म त पहिलो पटक देख्दै छु ,सबै पहिला चोटी देखे भन्छन् के हो कुरा ? ” यतिकैमा दिदी बोली हाली  “मितिनी दिदी तिरका  भन्दै छु त । कस्तो कुरा बुझ्दैन यो , मैले पहिला नै चिनेको  त्यही भएर आज घरमा आउनु भएको हो । ”

मैले भने “ ल ल जो होस , चिन्नु न जान्नु ढुङ्गाले हान्नु जस्ता ” दिदीले रिसाए जसरी भनी “ल ल सुत्न जा अब धेरै नबोल। ” भोलिपल्ट बिहानै  उठे , आमा बुवा मात्र  उठ्नु भएको थियो । नास्ता खाए ।“ दिदिलाई उठाइनस् ” आमाले भन्नू भयो । “उम अब उठाउँछु ” आमा मही (दहीबाट घिउ निकाल्ने प्रक्रिया )पार्दै हुनु हुन्थ्यो  । मलाई  दिदिलाई उठाउन  भन्दा पनि डाँडा काँडा घुम्न हतार थियो । भदौको महिना, वरपरको हरियाली , एकान्त वातावरण  ..यो सबै मेरो लागि करोडौँको सम्पत्ति जस्तै थियो ।

एक्कासि  आमाले बोलाइन् “को को छौ त्यहाँ , अनि खेमा खै? ” आमाले  आत्तिँदै भन्नू भयो  । “किन आत्तिनु भएको दिदी घरमै छ म एक्लै आएको यता ” मैले भने ।“खेमा घरमा छैन , हरि  पनि छैन , अनि ज्वाइँ पनि छैनन् । सबै तिर खोजी सके ” आमाले रिसाउँदै भन्नू भयो । “अब म के गरौँ अनि  मोबाइलमा नेटवर्क  पनि छैन ”

मोबाइलमा नेटवर्क  आएपछि एउटा म्यासेज आयो जसमा लेखिएको थियो–

“मलाई  घरमा नखोज्नु ,जसलाई  मैले भिनाजु भनेर घरमा बोलाएको थिए । उहाँ र म राती नै आईसकेयौँ । फुपूलाई फुपाजुलाई नरिसाउनु भन्दिनु । आशा छ तिमी मलाई  बुझ्ने छौ । ”

आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.