धनगढी, १७ पुस- ब्लड क्यान्सरबाट पिडित कञ्चनपुरको पुनर्वास नगरपालिका–८ सुकुम्बासी टोलकी झरना बोगटीलाई आयसर कम्पनीका सुदूरपश्चिम प्रदेश क्षेत्रिय प्रमुख मिन पाण्डेले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
पुनर्वास नगरपालिका–८ ,पृथ्वीबस्ती ‘क’ गाउँ स्थित श्री अलंकार पब्लिक स्कुलको कक्षा नर्सरीमा अध्ययनरत छात्रा बोगटी ब्लड क्यान्सरले पिडित बनेकी छिन । बोगटीलाई उपचारका लागि सानै भएपनि राहतका लागि आयसर कम्पनीका सुदूरपश्चिम प्रदेश क्षेत्रिय प्रमुख पाण्डेले उपचारका लागि २५ हजार आर्थिक सहयोग बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । आयसर कम्पनीको सामाजिक उत्तरदाइत्वको अभियान अन्तरगत पिडित बोगटीलाई अर्थिक सहयोग गरेको क्षेत्रिय प्रमुख पाण्डेले बताए ।
बिहिबार एक कार्यक्रम गरी पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापा मार्फत पिडित बोगटीका अंकल दिलु बोगटीलाई रकम हस्तान्तरण गरिएको हो । यसरी समस्यामा परेकोलाई यसरी सहयोग गरेकोमा पिडितका आफन्तले धन्यवाद समेत व्यक्त गरेका थिए । पिडित बोगटीलाई सिकिस्त बिरामी भएर उपचारका लागि धनगढी लगेपछि बिगत पाँच महिनादेखी ब्लड क्यान्सरको लक्षण देखा परेको डाक्टरले बताएको झरनाका बुवा बिरु बोगटीले जानकारी दिए ।
सानै उमेरमा छोरीलाई देखिएको रोगले उनका घरपरिवारमा निकै ठूलो विपत्ति आईलागेको छ । पिडितकी आमाले सबै आफन्तजन,ईष्टमित्र तथा सबै सहयोगी मनहरुलाई आर्थिक सहयोग गरेर छोरीको ज्यान बचाईदिन अपिल गरेकी छिन ।
ब्लड क्यान्सर पीडित पाँच वर्षीया बालिका झरनाको अहिले काठमाडौ स्थित बाल कान्ति हस्पिटलमा उपचार भइरहेको उनका बुवा बिरु बोगटीले बताए ।
हस्पिटलबाट डाक्टरले छोरीलाई लगातार ६÷७ महिना सम्म दैनिकै चेकजाँच र ५ वर्ष सम्म निरन्तर औषधि सेवन गर्नुपर्ने सल्लाह दिएको छ । ब्लड क्यान्सर पीडित पाँच वर्षीया बालिका झरना बोगटीले सबै सहयोगी मनकारी ब्यक्तिहरुलाई आर्थिक सहयोग गरि आफ्नो ज्यान बचाईदिन अनुरोध गरेकी छिन ।
ब्लड क्यान्सर पीडित बालिका झरना बोगटीलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने निम्न उल्लेखित फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
बुवा बिरु बोगटी : ९८०४६०६०६१ तथा मिन पाण्डे :9851194961