एजेन्सी । स्टार अभिनेत्री दीपिका पादुकोण अहिले फिल्म ‘छपाक’को प्रमोशनमा व्यस्ता छिन् । एसिड पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित यस फिल्ममा उनी एसिड पीडितको भूमिकामा देखिने छिन् । दीपिकाले आफ्नो ३४ औं जन्मदिन एसिड पीडितहरुसँगै मनाउने योजना बनाएकी छन् ।
उनको जन्मदिन ५ जनावरी पर्छ । उनले एसिड पीडित महिलाहरुसँग जन्मदिन बनाउने भएकी छन् । तर केही दिनअघि मात्र दीपिकाले हालसम्म आफ्नो जन्मदिनको केही योजना नबनाएको बताएकी थिइन् । मेगना गुलजर निर्दे्शित ’छपाक’मा दीपिका पादुकोणको मुख्य भूमिका रहेको छ। यो फिल्म १० जनावरीमा रिलिज हुनेछ।