काठमाडौँ । जम्मु काश्मीरमा गोली हानाहान हुँदा मृत्यु भएका दुई सैनिकमध्ये एकजना नेपाली युवा भएको भारतीय सञ्चारमाध्यमले जनाएक छन् । गोरखाका अर्जुन थापामगरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बुधबार काश्मीरमा गोली चल्दा दुई भारतीय सेनाको मृत्यु भएको थियो । लाइन अफ कन्ट्रोलमा पाकिस्तानका तर्फबाट हानेको गोली लागेर उनीहरुको मृत्यु भएको थियो । दुईजना भारतीय सैनिकले सर्च अपरेशन गर्ने क्रममा पाकिस्तानका तर्फबाट गोली चलेको थियो । लामो समयदेखि विवादित जम्मु काश्मीरको लाइन अफ कन्ट्रोलमा दुवै पक्षबाट गोली हानाहान भने अझै रोकिएको छैन ।
भारतका नवनियुक्त सेना प्रमुख मनोज मुकुन्द नरभानेले पाकिस्तानलाई सीमापार आतंकवादप्रति भारतको प्रतिक्रिया संयन्त्रमा नयाँ सामान्यू भइसकेको बताएका थिए ।