धनगढी १० पुस- शीतलहरसँगै चिसो बढेपछि धनगढीका बिभिन्न स्थानमा दाउरा वितरण भईरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको सक्रियतामा स्थानिय र सामुदायिक वनहरुसंग आवश्यक समन्वय गरि प्रहरीले दाउरा बितरण गरिरहेको छ ।
कैलाली जिल्लाका विभिन्न स्थान र चोकहरुमा दाउरा वितरण गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार धनगढी उपमहानगरपालीका, गोदावरी नगरपालीका, गौरिगंगा नगरपालीका घोडाघोडी नगरपालिका, लम्की चुहा नगरपालिका र टिकापुर नगरपालीकाको विभिन्न स्थानहरुहरुमा दाउरा बितरण भईरहेको छ ।