धनगढी, १० पुस- धनगढीका युवा व्यबसायी तथा समाजसेवी रामचन्द्र कापडी लगायतका युवा समूहले मानवसेवा आश्रम धनगढीलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
बिभिन्न दाताको सहयोगबाट संचालन हुदै आएको मानव सेवा आश्रमलाई कापडीको युवा समुहले बिहिबार एक कार्यक्रम गरी सहयोग गरी सहयोग सामग्री सामग्री हस्तान्तरण गरेको देवेन जोशीले जानकारी दिए ।
आश्रमलाई गरेको सहयोग सामग्रीमा दाल, चामल, तेल, चाउचाउ, बिस्कुट, मसला, चिउरा लगायतका सामग्री रहेको छ । दान र सहयोगबाट चल्दै आएको आश्रमलाई मानवियता सहयोगका अनुसार आफ्नो साथीभाईको सहयोगबाट खाद्यान्न सामग्री सहयोग गरेको युवा व्यबसायी तथा समाजसेवी रामचन्द्र कापडीले जानकारी दिए ।
सडक मानवलाई आश्रय दिदैँ आएको “मानवसेवा आश्रमको“ धनगढी शाखाले बिभिन्न्न दाताको सहयोगबाट आश्रम संचालन गर्दै आएको छ ।
