धनगढी ८ पुस- प्रदेश स्तरिय विद्यालय व्यवस्थापान समिति महासंघ गठन सुदुरपश्चिम प्रदेशमा छरिएर रहेका सामुदायिक विद्यालयहरुलाई संगठित गर्दै अभिभावकहरु लाई विद्यालयमा अर्थपूर्ण सहभागिताको लागि क्षमता अभिबृद्धि गर्ने उद्धेश्य सहित प्रदेश स्तरिय सामुदायिक विद्यालय व्यवस्थापान समिति महासंघ गठन भएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति केन्द्रिय महासंघको आयोजनामा यहि पौष ७ र ८ गते कैलालिको धनगढीमा प्रदेश स्तरिय भेला तथा अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त भेलामा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सामुदायिक विद्यालय व्यवस्थापान समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
दुई दिन सम्म चलेको यस कार्यक्रममको अन्तिम सत्रमा सिद्धेश्वर मा।वि। हुक्केडाँडा बैतडीका वि।व्य।स। अध्यक्ष प्रेमसिंह भाटको अध्यक्षतामा १८ सदसिय प्रदेश स्तरिय महासंघ गठन गरिएको कुरा केन्द्रिय सचिव देवी खडकाले बताउनु भएको छ । वि।स। २०७० साल चैत १८ गते केन्द्रिय महासंघ को गठन भएपछि महासंघले सबैका लागी गुणस्तरिय समावेशी समतामुलक र जीपनउपयोगी सार्वजनिक शिक्षाका पक्षमा बहस पैरवी, सबैका लागी सुरक्षित र स्तरिय विद्यालय अभियान र समसामयिक सार्वजनिक शिक्षाका मुद्धाहरुमा अध्ययन अनुसन्धान गर्दै आइरहेको कुरा केन्द्रिय उपाध्यक्ष गुञ्ज खडकाले बताउनु भएको छ ।
सुदुश्चिम प्रदेशका सबै जिल्ला तथा स्थानीय तहहरुमा पनी महासंघको गठन गर्ने बताईएको छ । प्रेम भाटको अध्यक्षतामा गठन गरिएको समितिमा क्रमस धुर्वराज उपाध्याय डोटी बाट उपाध्यक्ष, नेत्र भण्डारी कैलालीबाट सचिव, पार्वती चन्द बैतडी बाट कोषाध्यक्ष गरि १४ जना विभिन्न जिल्लाका सदस्यमा रहेका छन् । केन्द्रिय सदस्य एवं सु।प। प्रदेश इन्चार्ज प्रकास जैरुको सभाध्यक्षतामा संचालन भएको यस कार्यक्रमको प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष गुञ्ज खडका, बिशिष्ट अतिथी केन्द्रिय उपाध्यक्ष हर्क बहादुर धानुक रहेका थिए । यस कार्यक्रमको सहजिकरण केन्द्रिय सचिव देवी खडकाले गर्नुभएको थियो ।
दुई दिन सम्म संचालन भएको यस कार्यक्रमको संचालन सिद्धेश्वर मा।वि। हुक्केडाँडा बैतडीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले गर्नु भएको हो । प्रदेश स्तरिय गठन भएको यस महासंघले सुदुरपश्चिमका ९ वटै जिल्लाहरुमा जिल्ला महासंघ र पालिका स्तरिय महासंघ गठन गरि सबै विद्यालयहरुलाई संगठित रुपमा अगाडी बढाएर लैजाने कुरा केन्द्रिय उपाध्यक्ष हर्क बहादुर धानुकले जनाएको छ । हाल सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा तिन हजार सात सय २ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । जसमध्ये सबै भन्दा बढी विद्यालयहरु कैलालिमा रहेका छन् भने सबै भन्दा कम विद्यालयहरु बाजुरामा रहेका छन ।