धनगढी, ७ पुस- शुभश्री प्यालेस धनगढीका संञ्चालक तथा लायन्स क्लव अफ फारवेष्ट धनगढी सदस्य कविन्द्र पन्तले जन्म दिनका अवसरमा धनगढीमा रहेको रोयल कोल्याबोरेटिभ्सले संचालन गरेको कपडा बैक लाई कपडा सहयोग गरेका छन् ।
सामाजिक दायित्व निभाउँने उदेश्यले शुभश्री प्यालेस धनगढीका संञ्चालक तथा लायन्स क्लव अफ फारवेष्ट धनगढी सदस्य कविन्द्र पन्तले जन्म दिनका अवसरमा कपडा सहयोग गरेको बताए । उनले जन्म दिनका अवसमा ४ सय थान कपडा वितरण गरेका छन् । लायन्स क्लव अफ फारवेष्ट धनगढी, शुभश्री प्यालेस र कविन्द्र पन्तले रोयल कोल्याबोरेटिभ्स अथात कपडा बैक लाई कपडा सहयोग गरेको शुभश्री प्यालेस धनगढीका म्यानेजर रोसन सिंहले बताए ।
रोयल कोल्याबोरेटिभ्स अथात कपडा बैक धनगढीले संकलन भएका कपडाहरु आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरु लाई प्रदान गदै आएको रोयल कोल्यावेरेटीका देवेन जोशीले बताए । रोयल कोल्याबोरेटिभ्सले आपतकालिन लुगा घरका लागि लुगा जम्मा गर्नका लागि धनगढीका बिभिन्न स्थानमा डोनेसन बक्स राखेका छन् । चिसोमा प्रयोगमा आउने लत्ताकपडा सहयोग गरेको भन्दै रोयल कोल्याबोरेटिभ्सका जोशीले धन्यवाद तथा आभार प्रकट समेत गरेका छन् । कपडा बैकले धनगढीको निर्सग अस्पताल र धनगढी उपमहानगरपालिकामा कपडा संकलन केन्द्र स्थापना गरेको छ ।