किशोर तामाङ
पुनर्वास ४ पुष
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सँस्करणको खेल सञ्चालन भइरहेको छ।
“सबैका लागि र स्वस्थ्यका लागि खेल” भन्ने मुलनाराका साथ अरनिको खेलकुद विकास समिति अरनिको भेट्रान क्लबको आयोजनामा ख्रिष्ट्रियनहरुको महान चाड क्रिसमसको शुभ अवसर पारेर मैत्रीपुर्ण खुल्ला भेट्रान्स फुटबल प्रतियोगिता २०७६ सञ्चालन गरिएको छ। पुनर्वास नगरपालिकामा सञ्चालित मैत्रीपुर्ण खुल्ला भेट्रान फुटबल खेलमा कञ्चनपुर र कैलालीका जम्मा १२ पुरुष टिमको सहभागीता रहेको उक्त खेलको पहिलो चरणको खेलनै दर्शक सामु अतिनै प्रतिस्पर्धात्मक र रोचक रहँदै आएको छ । आज पनि पहिलो चरण अन्तर्गत तेस्रो खेल आज सिद्धार्थ भेट्रान च गाउँ भर्सेस अरनिको भेट्रान ( ए बिच भएको थियो।
।
आज पनि खेल निकै नै रोचकता र प्रतिस्पर्धात्मक ढङ्गबाट खेल समपन्न भएको छ । मधयनतर सम्म अरनिको भेट्रान को ४गोल रहेकोमा सिद्धार्थ भेट्रानले भने कुनैपनि गोल गर्न सकेन तर दोस्रो हाफमा भएको खेलमा सिद्धार्थ का लागि धिरज तामाङले १गोल र मोटे तामाङ ले १गोल गरि खेललाई २(४को प्रतिस्पर्धामा उतारे। तर अन्ततः अरनिकोका लागि शुकवहादुरले शुरूवाती गोल गरेकोमा तत्पश्चात् बिजय तामाङ, ज्ञानु गौतम खडक बिक्रम थापा र मनु खातीले गोलको बर्ष नै गरे। अरनिको भेट्रान ले जम्मा ९गोल गरेका थिए । आजको प्रतिष्पर्धात्मक मैत्रीपूर्ण फुटबल खेलमा सिद्धार्थ २गोलमा सिमित बन्न पुग्यो ।अरनिकोका लागि मनु खातीले गरेको गोलनै निर्णायक गोल बन्न पुगियो । यसरी आयोजक अरनिको भेट्रानले सिद्धार्थ भेट्रान लाई २(९गोल अन्तरले पाखा लगाउदै क्वाटरफाइनलमा खेल्ने पक्का स्थान बनाएको हो
खेल निकैनै प्रतिस्पर्धात्मक ढगबाट समपन्न भएको छ । एक पछि अर्को खेल दर्शक सामु निकैनै आकर्षित र लोकप्रिय बन्दै गए पछि आयोजकले खेललाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सकिने कुरामा विश्वास व्यकत गरेका छन । समुह क मा ६ टीम र समुह ख मा ६ टिम गरी जम्मा १२ टिमले सहभागिता जनाएको छ ।
ख्रिष्ट्रियनहरुको महान चाड क्रिसमसको शुभ अवसर मा खेल ९र १०गते दुई दिनका लागि खेल स्थागित हुने जानकारी भेट्रान खेल सञ्चालक समितिका अध्यक्ष सुबेदर मेजर मन बहादुर तामाङले दिनुभएको छ ।
पुनर्वास नगरपालिका २ स्थित अरनिको आधारभूत बिद्यालय को आफ्नै घरेलु मैदानमा सञ्चालित मैत्रीपुर्ण खुल्ला भेट्रान्स फुटबल प्रतियोगिता नकआउट प्रणालीबाट खेलाईएको उक्त प्रतियोगिता यहि पुष १४ गते सम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार र दिर्तीय हुने टिमले ४०हजार प्राप्त गर्ने आयोजक टिमका उपाध्यक्ष डम्मर तामाङले जानकारी दिए ।
भोलि को खेल राम भेट्रान भरसेस सनजिवनी वेस्ट ११ महेन्द्रनगर बिच खेल हुने सञ्चालक समितिका उपाध्यक्ष तामाङ ले बताए ।