धनगढी, पुस ०४- नेपाल विद्यार्थी संघ कैलालीका जिल्ला सदस्य ओम जङ्ग सिहका छोरा अनमोल सिहको जन्मदिन धनगढीमा रहेको आमाको माया छात्राबासमा मनाईएको छ ।
जन्मदिनको अवसर पारेर शैक्षिक सामाग्री हस्तान्तरण गरेर सिंहले छोरा अनमोलको जन्मदिन मनाएका हुन् । सो छात्राबासले ३२ जना अनाथ बालबालिकालाई आश्रय दिईरहेको छ ।
धनगढीका विभिन्न सामुदायिक बिद्यालयले छात्रावासका विद्यार्थीहरुलाई निशुल्क रुपमा पढ्ने व्यवस्था समेत गरेका छन् ।