काठमाडौं, ३ पौष- नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव जारी छ । जसका कारण चिसो बढ्दो क्रममा छ । आज तराईका अधिकांश भुभागमा देखिएको हुस्सुरकुहिरो साथै पश्चिमी तराईका एक(दुई स्थानहरूमा शितलहरको सम्भावना छ । केहि ठाउँमा शितलहरका चलेको छ । जसका कारण ती स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट बच्ने उपाय अवलम्बन गर्न सबैमा अनुरोध पनि गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस ३ गते (बिहिबार)
दिउँसोस् देशको पश्चिमि भु(भाग लगायत मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक बदली रही तराईका भु(भागमा हुस्सुरकुहिरो रहनेछ।
रातिस् देशको पश्चिमि र मध्य भु(भाग लगायत पूर्वी पहाडी भू(भागमा आंशिक बदली रहनेछ।अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेनछ।
पुस ४ गते (शुक्रबार)
दिउँसोस् देशको पश्चिमि र मध्य भु(भाग लगायत पूर्वी पहाडी भू(भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू(भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडिरहिमालि भु(भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु(भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
देशभर आंशिक बदलिक देखि सामान्य वदली रहने छ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भु(भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु(भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
पुस ५ गते (शनिबार)
दिउँसोस् देशको पश्चिमि र मध्य भु(भाग लगायत पूर्वी पहाडी भू(भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू(भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडिरहिमालि भु(भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु(भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
रातिस् देशको पश्चिमि भु(भाग लगायत मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक बदलिको अवस्था रहने छ । र वांकि भु(भागमा मौसम समान्यतया सफा रहनेछ।